प्रहरीले जाहेरी दर्ता गर्न नमानेको समाजवादी नेताको गुनासो

जागरणपोस्ट १४ बैशाख २०७७, आईतवार १६:५३

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आफ्ना सांसद डा.सुरेन्द्र यादवको अपहरणसम्बन्धि कसुरमा संलग्न विरुद्धको जाहेरी लिन प्रहरीले नमानेको बताएका छन् ।

महानगरीय प्रहरी परिसर टेकुबाट टेलिफोन सम्पर्कमा महतोले प्रहरीले न उजुरी दर्ता न अस्वीकार कुनैपनि निर्णय नलिएको बताए । ‘प्रहरीले न दर्ता, न दरपीठ, कुनै एकमा त निर्णय गर्नु पर्‍यो नि,’ महतोले कान्तिपुरसँग भने, ‘यसरी अलमल्याएर राख्न मिल्छ ?’सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको आरोपमा निवर्तमान आइजीपी सर्वेन्द्र खनाल तथा सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध किटानी जाहेरी लिएर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमीलगायतका शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।

पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि ‘यत्रो देशविदेश तरंगीत गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसरमा समयभित्र विधिसम्मत ढ‌ंगले जाहेरी दनि लाग्दा दर्ता गन्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ भनी ट्विट गरेका छन् ।

पार्टीका अर्का नेता केशव झाले प्रहरीले मुद्दा दर्ता नगरी आफूहरुलाई डेढ घन्टादेखि पर्खाइरहेको बताएका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६