कर्णाली प्रदेश

कर्णाली प्रदेशका सबै सिमा नाका सात दिनका लागि बन्द

काठमाडौ : कर्णाली प्रदेशमा प्रवेश हुने सबै सीमानाका बन्द गर्ने कर्णाली प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकले निर्णय गरेको छ । हिजो बसेको बैठकले सात दिनसम्म प्रदेश प्रवेश हुने सबै सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको र अन्य प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएका कारणले सीमानाका सात दिनसम्म बन्द गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा प्रवेश हुने सबै सीमानाका बन्द गरिएको कर्णालीमा दैनिक उपभोग्य वस्तुसमेत सात दिनसम्म आयातमा रोक लगाइएको कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेले जानकारी दिए ।

कर्णाली प्रदेश विपत् व्यवस्थापन परिषद् बैठकले प्रदेशका २५ स्थानमा थप विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी टिम खटाउने निर्णयसमेत गरेको छ ।

कर्णाली जोड्ने सुदूरपश्चिम प्रदेश, प्रदेश नं. ५ र चिनियाँ नाका पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button