प्रदेश १

कोशी अस्पतालबाट ६ जना डिस्चार्ज

विराटनगर : कोशी अञ्चल कोरोना विशेष अस्पतालबाट आज छ जना कोरोना संक्रमुक्त भएर डिस्चार्ज भएका छन् । लगातार दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । बुधबार डिस्चार्ज भएका सबै भारतीय नागरिक रहेका छन् ।

उनीहरु २१ देखि २४ बर्ष उमेर समूहका रहेका छन् । वैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद बसेका १३ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई उपचारकालागि विराटनगर ल्याइएको थियो ।

डिस्चार्ज हुने सबैलाई एक प्रदेश सरकारले विराटनगरको रानीस्थित एक मस्जिदमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । प्रदेश एकमा हालसम्ममा २५ जना कोरोना संक्रमण देखिएको छ ।

Facebook Comments
Tags
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button