व्यक्ति बिशेष

डा. बाबुराम भट्टराई र `टपरे बाहुन´

वर्गीय युद्धकाे घात प्रतिघातबाट अाउदा केही समय नेताहरुबाट असान्जस्यपूर्ण अभिव्यक्ति अाउन सक्छन् । तर त्याे एक दुई वर्षमा हराएर जान्छ । उनीहरु विस्तारै सहअस्तित्व, समानता, स्वतन्त्रता र बन्धुत्वकाे भावनाले अाेतप्राेत बन्दै सुसंस्कृत बन्दै जान्छन् । तर दश वर्षपछि पनि त्यस्ता शब्दहरु प्रयाेग गर्नुकाे नियाेजित कारण हुन्छ । यस बारे अाजकाे याे छाेटाे लेखमा छलफल चलाअाै है ।
डा. बाबुराम भट्टराईले अाफ्नाे भाषणमा छुद्र तथा कर्णकटु शब्द प्रयाेग गर्छन् । राजनेताले यस्ताे छुद्र र कर्णकटु शब्द प्रयाेग नगरे हुन्थ्याे । केही दिन अघि भष्मासुर भने । त्यसपछि टपरे बाहुन भने । यस्ता शब्दले सिङ्गाे पार्टी र समुदायमा भावनात्मक असर पर्छ ।
उनले किन टपरे बाहुन भने ? यसमा केही कूटनीतिक कारण छ । बाबुरामहरुले जनता समाजवादी दल बनेपछि पुन: बहुराष्ट्रिय राज्यकाे रणनीति तयार गरे ।
एउटा भाषा, संस्कृति, वेशभूषा, रहनसहन र उत्पादन पद्धति भएकाे निश्चित भूगाेलमा बस्ने समुदाय जनजाति हुन् । संस्कृतमा त्यसलाई राष्ट्र भन्छन् । यसै सिद्धान्तलाई पछ्याउँदै तत्कालीन युद्धरत पार्टी माअाेवादीले २०५७ बहुराष्ट्रिय राज्यकाे अवधारणा अघि सारेका थिए ।
उनीहरुले अवध, भाेजपुरा मैथिल, थारुवान, तमुवान, मगरात, तामसालिङ्ग,नेवा राईकिराँत,खसान समुदायमा अात्म निर्णयसहितकाे स्वायत्त प्रदेश बनाउने भन्दै नक्सा नै तयार पारे । त्यहाँ अात्म सम्मान र पहिचानका कुरा पनि उठे ।
यसकाे साथै निश्चित भूगाेल नभएका सबैतिर छरिएर अाएका महिला, मुस्लिम, दलित, अपाङ्गताहरुले पनि राज्यमा अाफ्नाे हिस्सा खाेजे ।
२०६३ सालमा अाउँदा नअाउँदै बाबुराम प्रचण्डले सङ्घीयता नै छाेडेका थिए । उनले धाेका दिएका थिए । वास्तवमा सङ्घीयताकाे जननी मधेस हाे । मधेसका नेता उपेन्द्र यादव हुन् ।
तर संविधान सभाका बिचमा राष्ट्रिय राज्यकाे कुरा उठ्याे । १४ प्रदेश त्यही अवधारणाका साथ अाएकाे हाे ।
तर नेपालकाे मिश्रित समाज भएकाेले जातीय राज्य बन्ने कुरा अाएन । अन्तत: जाे जाे जतिजति अनुपातमा छन् त्यति त्यति अनुपातमा संघ, प्रदेश र स्थानीय सरकारमा सहभागी हुने किसिमले समानुपातिक समावेशीकरण नीति अायाे ।
याे नेवारी खाना क्वाँटी सिद्धान्त हाे । क्वाँटीमा अलग अलग रुपमा सबै गेडा छर्लङ्ग देखिन्छन् तर सबैकाे एउटै रस हुन्छ । यही प्रणालीका अाधारमा समानुपातिक रुपमा व्यवस्थापन गर्ने भनेकाे हाे । यसमा सबै अटाउँछन् देखिन्छन् र अापसमा जाेडिन्छन् । त्याे संविधान बनाउने बाबुराम भट्टराई नै हुन् ।

तर निर्वाचन अायाेगले महिला दलितलाई समानुपातिकमा राखे पनि जनजाति, मधेस, थारु भनेन । अल्पसङ्ख्यकका कुरा पनि हटे । यी समुदायहरु बारम्बार ठगिएका छन् । यसरी ठग्नेहरु प्राय: बाहुन् हुन् । किन कि नेपाली राजनीतिमा बाहुनकै हालीमुहाली छ ।
बाबुरामकाे पछिल्लाे टपरे बाहुन भन्ने अभिव्यक्ति यी समुदायमा घृणा उमार्ने र बहुराष्ट्रिय राज्यकाे लागि अनुकूल बनाउने गरी अाएकाे ट्रिक हाे । कठिन बेलामा नारा छाेडेर धाेका दिने अनि अहिले जनमत बढाउन नारा लिने गर्नु राजनीतिक बेइमानी हाे । यस्ताे गर्नु गलत हाे । यता राज्यले पनि समानुपातकाे नीतिमा सबैलाई समावेश गर्नुपर्छ ।
बाबुरामले समानुपातिक व्यवस्थापनलाई बलियाे गरी समाएर सबकाे पहिचान र सम्मानलाई बलियाे बनाउनु पर्थ्याे । यस्ता समाज भाँड्ने शब्द प्रयाेग नगरियाेस्- ऋषि आजाद

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button