जागरण

बुद्ध प्रेरणा- एक प्रेरक कथा

दिनेले दिए पनि – लिने ले नलिए पछि ?
उक्त बस्तु दिने कै मा त रहन्छ नि !

उतिबेला बुद्धको जमानामा पनि गाउँ/समाज भड्काएको, रितीरिवाज बिगारेको भनी उनलाई नराम्रो मान्ने केही/कोही थिए । आफुलाई प्राप्त ज्ञान बाड्न गाउँ समाज पुग्दै गर्दा बाटोमा दुख दिइ अवरोध पुर्‍याउने पनि थिए । त्यसैले त भनिन्छ नि मरेर गए पछि बल्ल उस्का गुण र असल पक्ष देख्न थाल्छ, समाज । कुनै चिजको अभाव हुँदा बल्ल त्यसको महत्व बुझे झै ।

कुनै दिन त्यस्तै मध्येका कोही एक रीसले चुर भै बुद्धको आश्रममा आइ अनाप सनाप गाली बकेछन । एक छिन हो र, दिनभर मनमा आएजती तथानाम गाली गर्दै गए । बुद्ध पनि शान्त चित्तले मुसु मुसु हास्दै सुन्दै रहे । साँझ पनि पर्दै गयो र उक्त ब्यक्ति केही थकित अनि गलित जस्तै बन्दै गयो । तब बुद्धले आफ्ना नजिकका कोही सहयोगीलाई आग्रह गर्दै भने कि, जाँउ उ थाक्यो होला, श्रद्धा एवं प्रेमपुर्वक भोजन गराउ ।

बुद्धको आग्रह सुन्ने बित्तिकै उनका सहयोगीले गाली गर्दै गरेका ब्यक्तिलाई श्रद्धा पुर्वक खाना खुवाउन लगे । उस्ले के भन्यो, त्यस्मा कत्ति पनि बिस्मात नगरी प्रेमपुर्ण व्यवहार गर्दै खाना खुवाए । तब सम्म गाली गर्दै गरेको ब्यक्ति धेरै अचम्मित र केही लज्जित भै सकेको थियो । तैपनी उस्को मनमा एक जिज्ञाशा प्रवल रुपमा उठिरहेको थियो ।

खाना खाइ वरी उक्त ब्यक्ति पुन बुद्धको समीप आई केही मथ्थर भै आफ्नो मनको जिज्ञाशा राख्यो र सोध्यो कि ‘दिनभर मैले गाली गरे, सरापे तर तिमीलाई कुनै प्रभाव परेन र उल्टै मुसुमुसु हासिरह्यौ । उल्टै खाना खुवाउन भन्यौ र खाइ आए पनि । यस्तो अचम्मित व्यवहार किन र के का लागि देखायौ ?’

अरुको आलोचना र कुरा कटाइमा के को चित्त दुखाउनु ? आफ्नो कमजोरी औल्याइदिए, राम्रै भो, सुधार्न पाइयो । हैन, बिनासित्ती र आधार कुरा काट्दैछ भने, त्यो स्वयं उसैले भोग्ने हो ।

तब बुद्ध पुन मुस्कुराए ।अनि कुनै बस्तु हातमा लिइ आफ्ना सहयोगीलाई लिन आग्रह गरे । अब उक्त बस्तु बुद्धको हातमा नभै लिनेको हातमा गै सकेको थियो । तब बुद्धले भने कि, ‘हेर, तिमिले कसैलाई कुनै चिज दिन चाह्यौ तर लिने ब्यक्तिले उक्त बस्तु/चिज लिन मानेन वा लिन उपयुक्त ठानेन भने दिन खोजेको बस्तु त तिम्रै हातमा त रहन्छ नि, होइन र ? ठिक त्यसै गरि तिमिले मलाई दिनभर दिएका गालिहरुलाई मैले गाली कै रुपमा लिइन र लिन जरुरी ठानिन भने तिमिले दिएका गालीका बचनहरु त तिमी सँगै त रहेनी, होइन र ? भनी प्रतिप्रश्न गरे ।

तव, त्यो ब्यक्ति चकित भै आफ्नो कर्म प्रती केही लज्जित बन्यो । बुद्धको महानता अनि उदारता देखि नतमस्तक भयो । र यो पनि मान्यो कि महान ब्यक्ति/महापुरुषले सामन्य मानिसलाई जटिल लागेका त्यही कुरा अनि ब्यवहारलाई कसरी फरक तर सहज/सकारात्मक रुपमा लिने रहेछन् । त्यसै दिनबाट उक्त ब्यक्तिले पनि शान्त चित्त र आनन्दी मनको मुल केही हद सम्म चाल पायो । र शान्त एवं खुशी मन लिएर घर फर्क्यो ।

त्यसैले त आजकल मलाई पनि लाग्छ कि, अरुको आलोचना र कुरा कटाइमा के को चित्त दुखाउनु ? आफ्नो कमजोरी औल्याइदिए, राम्रै भो, सुधार्न पाइयो । हैन, बिनासित्ती र आधार कुरा काट्दैछ भने, त्यो स्वयं उसैले भोग्ने हो । बेक्कारमा म किन आफ्नो मन दुखाउँ ? यसरी सोच्दा त भएन र दुबै हातमा लड्डु !

महापुरुष गौतम बुद्ध प्रती हार्दिक नमन !
सबैको जयहोस !! सदा जयहोस !!!


राजन बिडारी

ललितपुर

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button