कर्णाली प्रदेश

कोरोना रोकथामको तयारीबारे बुझ्न जुम्ला पुग्यो मूख्यमन्त्रीसहितको टोली

कर्णाली प्रदेशमा कोरोना रोकथामको तयारीबारे जिल्लागत अवस्था बुझ्न यहाँका मन्त्रीहरुले नियमित अनुगमन जारी राखेका छन् । जसअनुसार आइबार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगाएतको टोली हेलिकप्टरबाट जुम्ला पुगेको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको तयारी लगाएत स्वास्थ्य क्षेत्रको अवस्थाबारे अनुगमन तथा निरीक्षण गर्न मुख्यमन्त्रीको टोली जुम्ला पुगेको हो ।

सामाजिक विकास मन्त्री दलबहादुर रावल, प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाण्डे र स्वाास्थ्य निर्देशक रीता भण्डारी (जोशी) अनुगमनका लागि जुम्ला गएका हुन् । अनुगमनपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका समस्या समाधानका लागि पहल गर्नुका साथै प्रतिष्ठानले कोरोना रोकथामका लागि गरेको राम्रो कामको अन्य ठाउँमा सिको गर्न लगाइने स्वास्थ्य निर्देशक भण्डारीले बताइन् । उनका अनुसार आइतबार नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णालीका २७ स्थानमा प्रदेश सरकारले चिकित्सक टोली खटाउने भएको छ ।

यसअघि प्रष्ठिानले कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि चीनको बुहान मोडलमा चिकित्सकसहितको टोली गाउँ खटाउने अभियान सञ्चालन गरेपछि प्रदेश सरकारले सर्मथन गरेको हो । पहिलो चरणमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकसहित २० जना स्वास्थ्यकर्मीको टोली जुम्ला, ६ जनाको टोली मुगु र हुम्लाका गाउँ गाउँमा खटाइएको थियो ।

यो मोडलका आधारमा कर्णालीका दश वटै जिल्लामा चिकित्सकको टोली परिचालन गर्ने तयारी भएको हो । गाउँ खटिने चिकित्सकको टोलीमा नर्सिङ, चिकित्सक र जनस्वास्थ्य विज्ञहरु रहने छन् । उनीहरुले घरदैलोमै पुगेर कोरोनाबारे अनुसन्धान, उपचार र सचेतनाका क्रियाकलाप गर्नेछन् । कोरोना माहामारीको जोखिमलाई मध्यनजर गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नौ वटा भेन्टिलेटरसहित १० आइसियु कक्षको व्यवस्थापन गरेको छ । भने एकसय २० बेडको आइसोलेसन कक्ष स्थापना गरेको छ ।

यसअघि कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पतालबाट मात्रै हुने कोरोना भाइरसको पीसीआर परीक्षण जुम्लास्थित प्रतिष्ठानमा पनि गत सोमबारदेखि हुँदै आएको छ । त्यसका लागि प्रतिष्ठानले २७ लाख बढीको लगानीमा टेण्डर गरी चीनबाट पीसीआर मेसिन र किटसमेत आफैँ खरिद गरेको हो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button