विशेष

आज विश्व नर्सिङ दिवस : विपदमा खटिरहेका नर्सलाई उच्च सम्मान

आजभन्दा १९७ वर्ष पूर्वको समयमा लिएर जान चाहयौ, कुरो हो सन् १८२० मे १२ का दिन ईटाली भन्ने देशको फ्लोरेन्स भन्ने शहरको । आधुनीक चिकित्सा पद्धतीमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात नेपालीमा स्वास्थ्य परिचारीका पेशाको शुरुवात गर्ने अनि नयाँ उचाई थप्ने महान फ्लोरेन्स नाईटएगंलको जन्म दिनका अवसरमा आज विश्वले अन्तराष्ट्रिय नर्स दिवस मनाँउदैछ ।

फ्लोरेन्स लाई ए लेडी विथ ए ल्याम्पका नामले पनि चिनिन्छ, अर्थात टुकी या भनौ लालटिन बोकेकी महिला । उतिबेला यूरोपमा क्रिमेन यूद्ध चलिरहँदा घाईते सैनिकहरुको उपचारार्थ अहोरात्र खटिएका सैनिकहरुले उन्लाई सम्मानकासाथ लेडी विथ ए ल्याम्प भनेका हुन् ।

रातीको समयमा टुकी वालेर पनि सम्पूर्ण विरामीहरु भएका ठाँउमा पुग्ने यिनी संसारकै पहिलो नर्स फ्लोरेन्स नाईटएगंलले बेलायतको लडंन स्थीत थोमस हस्पीटलमा संसारकै पहिलो निजी नर्सिगं स्कूल स्थापना पनि गरेकी छिन जुन गैरनाफामुलक ढंगमा अझै सम्म संचालनमा छ ।

सन् १८२० जब फ्लोरेन्स को जन्म भएको थियो तब बेलायत जस्तो समृद्ध देशमा पनि स्टीम ईन्जिन रेल आविष्कार भएकै थिएन्, उनी जन्मीएकी १० वर्ष पछी मात्र बेलायतले आफ्नो पहिलो स्टीम ईन्जीन रेल सञ्चालनमा ल्याएको ईतिहासले वताँउदछ । तथापि उनीले संसारवाट विदा लिँदा सन् १९१० मा चाँही संसारमा रेल, विजुली, कार अनि प्लेनको शुरुवात भईसकेको थियो । फ्लोरेन्सले एउटा यूगान्तकारी परिवर्तन देखेको र गरेको मान्ने ब्यक्तिहरु संसारमा धेरै छन् ।

त्यतीबेला स्वास्थ्य सेवाको कुरा गर्ने हो भनेँ अस्पतालमा सरसफाईका कुराहरुमा उत्ति ध्यान दिईदैनथियो भनेँ स्वास्थ्य सेवीहरु पनि विरामीको भावना अनि आत्मसम्मानलाई ध्यानमा राख्ने कुरामा अनभिज्ञनै थिए । तसर्थ फ्लोरेन्सले अस्पताललाई सफा राख्नमा अनि विरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रुपमा आधुनिक नर्सिगं पेशालाई ल्याएकी हुन् ।

फ्लोरेन्सको यिनै योगदानको चर्चा गर्दै हरेक वर्षको मे १२ मा विश्वले नर्स दिवस मनाउँदछ । नर्स पेशालाई गएको शताब्दिबाट संसारभरिका मान्छेहरुले अत्यन्त महत्व दिएर आदरणीय रुपमा हेरेको छन् ।

सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरु बोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारीका नर्स । नर्स भन्नासाथ अस्पतालको याद आँउछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आँउछ, हैन त ?

विश्वले फ्लोरेन्सको योगदानका वारेमा चर्चा गरिरहँदा आउनुहोस हामी एकैछिन रुमलिऔ, नेपालको नर्सिग ईतिहासमा ?

नेपालमा नर्सिङको संक्षीप्त ईतिहास

नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा विर अस्पतालको स्थापना पछी स्वास्थ्य सहायकका रुपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्नसक्ने ब्यत्तिहरु मात्रै थिए, विर अस्पतालको ईतिहास पल्टाउदा उतिवेला ड्रेसिंग लगायत अन्य उपचारहरु कम्पाउन्डर या डाक्टर स्वंले गर्ने गर्दथे । नर्सिगंको नेपाली ईतिहास विसं २०१३ वाट शुरु भएको देखिन्छ जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरुले औपचारीक रुपमा नर्सिगंको तालिम लिएका थिए, राणा शाषनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्यउपचार अनि नसिंगको महत्व चालपाएर नेपालमा नर्सिगको शुरुवात भएको विश्वास गरिन्छ, राणाकालको क्रममा चारजना नेपाली चेलीहरु विधावती कंसाकार, राधा देवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको ईतिहास छ ।

त्यसपछी क्रमश नेपाली महिलाहरु भारतमा ४ वर्ष ९ महिने लामो नर्सिंग कोर्स गरेर आउने चलन वढेको पाईन्छ । आज गल्ली पिच्छेका अस्पताल अनि क्लीनीकहरुमा नर्सहरुको उपस्थिती बाक्लै देख्न सकिन्छ, शहर शहरमा नर्सिंग कलेजहरु खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिंग प्रतिको आकर्षण वढ्दै गईरहेको छ । नर्सिगको अचम्मको कुरा के छ भनेँ यो ब्यवसायमा पुरुषहरु नगण्य मात्रामा छन्, केही समय अघि केही नर्सिंग कलेजहरुले पुरुषहरुलाई पनि नर्सिग तालिम दिएकोमा पछी गएर पुरुषहरु यस ब्यवसायमा उत्ति आकर्षित नभएको पाईन्छ । शायद माया, स्नेह अनि ममतामयी यो ब्यवसायमा महिलाको मधुर उपस्थितीनै अत्यूक्तम लागेको हुनसक्छ ।

नर्सिङ पेशाको सबैभन्दा ठूलो पदवी चाँही फ्लोरेन्स नाईटएगंल मेडल लाई मानिन्छ, यसअर्थमा फ्लोरेन्स नाईटएगंल हरेक नर्सको प्रेरणाकी श्रोत पनि हुन् ।

अर्कोतर्फ फ्लोरेन्सले नर्सिगं को थालना गरेपछी सुस्तरि विश्वमा नारी अधिकार र समानताका आवाजहरु उठेका हुन् । तत्कालीन वेलायतको उपनिवेश भारत सम्म पनि फ्लोरेन्सको योगदान अनि नारी समानता उन्मुख लहरहरु आएका हुन् । यसैक्रमका साथ वेलायतमा अझ प्रभावकारी स्वास्थ्य सेवा, भारतमा भोकमारी हटाउने लहर, देहब्यापारमा लागेका महिलाहरुमाथीको हिंसा उपर प्रश्च चिह्न र पेशागत समानताका कुराहरु उठ्न थालेका हुन् । फ्लोरेन्स एउटी समाजसेवी मात्र नभएर गज्जबकी लेखिका पनि हुन्, उनले मेडिकल उपचार पद्धतीका वारेमा लेखेकी पुस्तकहरु यति सरल अग्रेजी भाषा र चित्रले प्रष्ट पारीएको छ कि जोकोहीले सजिलै बुझ्न सक्दछन् ।

नेपालमा पनि नर्स अध्यन गर्ने अनि कार्य गर्ने पेशाकर्मी दिदिवहिनीहरुको सँख्या बढ्दो छ, विरामीको सेवा अनि उपचारमा फ्लोरेन्सका पथहरुलाई हामीले कत्तिको आत्मसाथ गर्न सकेका छौ त ? विचार गर्न जरुरी छ ।

कुना कन्दरा अनि असाक्षरताले ग्रसित हाम्रो देशमा मेडीकल कुराहरु अनि ज्ञान सबैमा छैन्, कोही विरामीले केही कुरा बुझेन या कुरुवाले केही कुरा बुझेनन भनेँ हामीमा पूनः स्पष्टसंग बुझाउन सक्ने धैर्यता कत्तिको छ ? पिडाले छिया छिया भएका विरामी र कुरुवालाई हाम्रा नर्सहरुले कत्तिको मिठो बोली बोलेर कुरा गर्दछन्, यी सम्पूर्ण कुराहरुमा सुधार हुँदै जाओस् । हाम्रो पात्रोबाट

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button