कर्णाली प्रदेश

कर्णाली प्रवेश गर्ने सबै नाका अनिश्चितकालका लागि ‘सिल’

कर्णाली प्रदेश सरकारले सबै नाका अनिश्चितकालका लागि ‘सिल’ गरेको छ । कोरोना भाइरसको जोखिम बढे पछि कर्णाली प्रदेश प्रवेश गर्ने नाका अनिश्चितकालका लागि ‘सिल’ गरिएको हो ।

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले कर्णाली प्रदेशमा आवतजावत अनिश्चिकालका लागि बन्द गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री दल बहादुर रावलले जानकारी दिए ।

प्रदेश ५ मा अहिलेसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अहिलेसम्म बाँकेमा २७, कपिलबस्तुमा १६ र रुपन्देहीमा ६ जनामा कोरोना पुष्टि भइसकेको छ ।

खाद्यान्नसहित अत्यावश्क वस्तुका गाडीलाई भने निगरानीमा राखेर प्रवेश गर्न दिइने छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button