कर्णाली प्रदेश

आँखामा कालोपट्टि बाँधेर प्रदर्शन

कालिकोट – सिमा रक्षाको माग गर्दै अनेरास्ववियु कालिकोटले आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको छ ।

पुर्वाअञ्चल विश्वविद्यालयका नेता हिक्मत मल्लको नेतृत्वमा आँखामा कालोपट्टी बाँधेर मान्म बजारको प्रतिमाचोकदेखि जिल्ला प्रशासन कार्यालय अगाडि पुगी नेपालको सार्वभोमसत्ता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप गर्ने भारतीय विस्तारवाद विरुद्ध स्वस्फुर्त चेतलशील नागरिकको रचनात्मक धार्ना गरी विरोध गरेका हुन् ।

युवा नेता मल्लले, राष्टिय स्वाधिन्ताको पक्षमा निरन्तर आवाज उठाइरहने अनुरास्वियु फेरि पनि नेपाली भुमिमाथिको भारतको दादागिरिका विरुद्धमा ज्यान फालेर नेपालको भुमि ल्याउन संर्घष गरिरहने बताए ।

यस्तै कालिकोटमा विभिन्न पार्टी र भातृ संगठनहरुले पनि विरोध प्रर्दशन गरेका छन् । नेत्रविक्रम चन्दविप्लव नेतृत्वको नेकपाले पनि भारतीय प्रधामन्त्री नरेन्द मोदीको पुत्ता जलाएका छन् । यस्तै नेपाल मजदुर किसान पार्टी र नेविसंघले पनि भारतीय विस्तारवाद विरुद्ध कालिकोटमा विरोद्ध प्रदर्शन गरेका छन्।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button