प्रदेश नं. ५ सरकारले (कोभिड-१९) विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने

जागरणपोस्ट १ जेष्ठ २०७७, बिहीबार २१:४७

रुपन्देही : कोरोना भाइरसका कारण नेपाल फर्कने युवाहरुलाई लक्षित गर्दै प्रदेश नं. ५ सरकारले कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले प्रदेशका १ सय ९ वटै स्थानिय तहमा लागु गर्ने गरी कृषि विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । उक्र कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैयां बजेट रहेको छ । साउन मसान्तसम्म खर्च गर्ने गरी कार्यक्रम बनाइएको छ । प्रदेश सरकारले कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैंया विनियोजन गरेको छ । त्यस्तै गुल्मी, प्युठान, रुकुम र रोल्पामा बेमौसमी आलु उत्पादन कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च हुनेछ ।

यसबाट ५ सय किसान लाभान्वित हुन र प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने निर्णय बैठकले गरेको छ । व्यवसायीक तरकारी खेतीका लागिका लागि १४ करोड रुपैया खखर्च हुने, विदेशबाट फर्केका र व्यसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रमका लागि २१ करोड ८० लाख खर्च गर्ने निर्णय बैठकले गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।

व्यवसायिक तरकारी खेती दाङ,पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकुममा लागु हुनेछ भने विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम प्रदेशका १ सय ९ वटै पालिकामा लागु हुनेछ । यसमामल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न प्रति किसान २० हजारका दरले सरकारले सहयोग गर्नेछ । यसबाट १० हजार ९ सय लाभान्वित हुने अपेक्षा गरिएको छ ।

त्यस्तै २ हजार किसानलाई ब्रोईलर कुखुरा पालनमा साना किसान लक्षित कार्यक्रम पनि अगाडि सारिएको छ । त्यसका लागि ७ करोड रुपैया खर्च हुने र ६ हजार किसान लाभाम्बित हुने बताइएको छ । दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया, बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैयां खर्च हुनेछ ।

यो कार्यक्रम १२ वटै जिल्लामा लागु हुनेछ । यो कार्यक्रमबाट २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने लक्ष्य लिइएको छ । यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६