विचार / दृष्‍टिकोण

श्रीकृष्ण चरित्र- जीवन, रसलीला, आनन्द र प्रेमको सागर

भगवान कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्येको एक अवतार मानिन्छन् । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो। श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाल उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ। श्रीकृष्णका एक दाजु बलराम नन्द गोपालका सुपुत्र थिए।

कृष्णको गोपिकाहरुसंगको प्रेम र सोह्र हजार रानीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ । गोपी र राधासंगको प्रेम निश्चय पनि एक विशेष घटना हो र यदि कुनै प्रेमी र प्रेमिका त्यस उच्च कोटिमा पुगेका छन् जहां कृष्ण र गोपिकाहरु थिए भने त्यस प्रेमको वर्णन उनहरुले गर्न सक्छन् । श्रीकृष्ण एक पूर्ण पुरुष थिए । कृष्णमा सम्पूर्ण पुरुषोचित गुण थिए । उनी आकर्षक थिए । बहादुर थिए । निर्णायक थिए । असल रक्षक थिए । समाजका हित चिन्तक थिए । योग्य पुत्र थिए । योग्य मित्र थिए । गायक थिए, संगीतज्ञ थिए । नर्तक थिए । घिउदूधमा बालबालिकाहरुको पहिलो अधिकार स्थापना गरेर बाल अधिकारका प्रतिपादक बनेका थिए । त्यस्ता विशेष पुरुषलाई प्रेम गर्ने गोपिकाहरु धन्य भएका थिए । कृष्ण जस्ता अतिमानवको प्रेम पाएर गोपिकाहरु प्नि धन्य भएका थिए । भागवत ग्रन्थको रासलीलामा त्यो प्रेम ज्यादै सुन्दर र पवित्र रुपमा प्रकट गरिएको छ । राधाको चरित्र भागवतमा पाइंदैन । राधा र कृष्णको प्रेमको अभिव्यक्ति पनि ज्यादै सुन्दर छ । कंसको निम्तोमा मथुरा जाने समयमा प्रेमी कृष्णले प्रेमिका राधासंग अन्तिम विदाई लिएका छन् । यस विदाईमा भगवान श्रीकृष्णले आफ्नी प्रेमिका लागि बजाएको मुरली अब अरु कसैका लागि नबज्ने उपहार प्रदान गरेर बिदाई दिन्छन् । ब्रज छोडे पछि कृष्ण फेरि कुनै गोपिकासंग भेट गर्न कहिल्यै पनि फर्केनन् । यसबाट कृष्णको प्रेमको पवित्रता स्पष्ट हुन्छ । कृष्णको प्रेम त्यागमा रुपान्तरित हुने प्रेम थियो वासनामा रुपान्तरित हुने प्रेम थिएन । गोपिनीले कुन स्तरको प्रेम गरेका थिए भन्ने उदाहरण मीराको कृष्ण प्रेमले दिन्छ । जसले संसारमा एक कृष्ण बाहेक अरु कसैलाई पनि पुरुष देख्दैनथिन् । नरकासुर नाम गरेको एक पतित र व्याभिचारी राजा थियो । जसले कन्याहरुलाई जबरजस्ती पक्डिएर ल्याउंथ्यो र यौनसम्बन्ध राख्थ्यो । त्यसपछि जेलमा थुनेर राख्थ्यो । यसरी उसले हजारौं कन्याहरुलाई दूषित गरेका थियो । ती कन्याहरुलाई कसैले मुक्त गर्न सकेको थिएन । भगवान श्रीकृष्णले नरकासुर वध गरेर सबै कन्याहरुलाई मुक्त गरे अनि सबैका घरघर पठाई दिए । घर गएका कन्याहरु पुनः कृष्णकहां फर्के तथा भन्न थाले कि उनीहरुलाई न त समाजले स्वीकार गर्यो न परिवारले । अरु कसैले विवाह गर्न पनि मानेन । हजारौं नारीहरुको यो क्रन्दन सुनेर कृष्णले तत्काल निर्णय गरे– तिमीहरु आजदेखि कृष्ण पत्नी भयौ । र कृष्ण पत्नी भएपछि तिमीहरुको सम्मानको जिम्मेवारी पनि मेरो भयो । यसरी कृष्ण सोह्र हजार पत्नीका पति हुन पुगे ।

नेपालमा वसन्त शर्मा, विद्यारण्य केशरी, विद्यापति मिश्र, इन्दिरस कृष्ण भक्ति धाराका कवि हुन् । बालागुरु षडानन र स्वर्गद्वारी महाप्रभु ले पनि कृष्ण भक्ति सम्प्रदायमा योगदान गरेका छन् । स्वर्गद्वारी कृष्णको गोपालन प्रविधिका लागि प्रसिद्ध छ । त्यहांको गोवर्धन पर्वत मेला भारत र नेपालमा प्रसिद्ध छ । यसलाई गोवर्धन अर्थात गाई बढाउने भनिन्छ । कवि गौतमले कृष्ण भक्तिधारा सुरु गरेका थिए त्यो आजसम्म चलिरहेको छ । निम्बार्क, रामानुज, कृष्ण प्रणामी, राधेराधे, इत्यादि स्म्प्रदाय कृष्ण भक्तिधाराका नेपालमा प्रचलित छन् । वर्तमान समयमा कृष्ण भक्तिधारा विश्वव्यापी भएको छ । आचार्य खेमराज केशवशरणले कृष्णभक्तिधारालाई लोकप्रिय बनाउन भजन र सत्संग सञ्चालन गरिरहनु भएको छ । भागवत कथा मार्फत् भजनपूर्ण कृष्ण भक्ति कथा प्रवाहित गर्न पं. नारायण प्रसाद पोखरेलको पनि ठूलो योगदान छ । आज नेपालमा भागवत कथा महायज्ञ अन्य कथा महायज्ञभन्दा बढी लोकप्रिय बनेको छ । निम्बार्क सम्प्रदायबाट मोहन शरण देवाचार्यज्यूलाई नेपालका प्रथम जगद्गुरु घोषित गरिएको छ।

भगवान् कृष्ण अनेक अर्थमा अनुपम छन् । महाभारतका सबै पात्र कि गोरा छन् कि काला तर कृष्णलाई नीलो रंगको मानिन्छ । (माइक्रोसोफ्ट कम्पनीले विश्वभरमा गरेको सर्वेक्षणमा ९८ प्रतिशत मानिसहरुले कम्प्युटरको स्क्रीन नीलो हुनु पर्नेमा भोटिंग गरे । यसबाट नीलो रंगको सुन्दरताको मनोविज्ञान स्पट हुन्छ ।) चित्रकारले मात्र होइन कविहरुले पनि कृष्णलाई नीलो मानेका छन् । नीलो रंग भगवान कृष्णको अनन्त ज्ञानको प्रतीक पनि हो । दृढ निश्चयी महात्मा भीष्मले विष्णुका एक हजार नाममध्ये ५७ औंमा कृष्णको नाम उल्लेख गरेका छन् । सेल्युकसको दूत मेगास्थनीजको इण्डिका पुस्तकमा हृक्लीयस (हृषीकेश) शब्दको उल्लेख छ । बौद्ध ग्रन्थहरुमा कृष्णलाई कान्ह शब्द प्रयोग गरिएको छ।

कृष्णको जन्म जेलमा भएको हो । उनको जन्म हुनु धेरै अघि आठौं गर्भको रुपमा धराको अन्याय र अत्याचार नाश गर्न ईश्वरको अवतार हुने आकाशवाणी भएको घटना भागवत कथामा उल्लेख छ । आठौं गर्भ ज्यादै विशेष भएकोले सातौं गर्भमा त्यसको पूर्व तैयारी गरिएको थियो । तर कृष्णलाई आठौं सन्तान भन्न मिल्दैन । जीवित जन्मको दृष्टिले उनी सातौं सन्तान हुन् । तर गर्भको दृष्टिले भने उनी आठौं गर्भ हुन् । यसरी भगवँन कृष्ण एक असाधारण गर्भ र असाधारण जन्म थिए ।

जन्म हुना साथ आमाको दूध मुखमा राख्न नपाइ छुट्टिनु परेको घटनालाई ध्यान दिने हो भने कुनै पनि दूध खाने बालकलाई यो भन्दा दुर्भाग्यको घटना अर्को हुन सक्दैन । जुन बालक जन्मनु अघि असुरक्षित छ र जन्मिसकेपछि पनि निरन्तर असुरक्षित छ भने उसको जीवनका संघर्षको जटिलतालाई शब्दमा बयान गर्न सकिंदैन । जीवनका भयंकर असुरक्षित क्षणहरुलाई नाचेर, गाएर, अर्काको घरमा आफ्नो घरमा भन्दा प्रिय वातावरण बनाएर हुर्कने बच्चाको असाधारण क्षमतालाई सामान्य मानवको आँखाले हेर्न सकिंदैन ।

भगवान कृष्णको जीवनमा दम्भ, अहंकार, र अनिर्णयको सानो गन्ध पनि कहीं पाईंदैन

पाण्डवका हितैषीको रुपमा प्रत्येक चरणमा उनीहरुलाई निर्णायक भइ सहयोग गरेको पाइन्छ । त्यसैले कृष्णको मृत्यु हुनासाथ उनीहरु निरीह बने । द्रुपद देशमा छद्म वेशमा ब्राह्मण भइ अर्जुनले लक्ष्यवेध गरेपछि द्रौपदी स्वयंवरमा सारा क्षत्रियगणले अपमानित अनुभव गरे । उनीहरुले अर्जुनलाई बन्दी बनाउन तम्सिए पछि कृष्णले पञ्च पाण्डवको सुरक्षा मात्र गरे । यतिमात्र होइन पाँच पतिको पत्नीको रुपमा बस्नु पर्ने बाध्यतालाई पूर्वकृत्यको प्रभाव बताएर द्रौपदी, कुन्ती र पाण्डवको चित्त बुझाइ दिएका थिए । उत्तराको अभिमन्युसंगको विवाह गराइदिएर राज्य उत्तराधिकारको सुनिश्चितता, भीष्म वध, कर्णवध, र जयद्रथ वधमा अर्जुनलाई तथा दुर्योधन वधमा भीमको अनिश्चयात्मिका बुद्धिलाई निर्णय गर्न कृष्णले सहयोग गरेका छन् । महाभारत र भागवतको अध्ययन गर्दा के स्पष्ट हुन्छ भने कृष्णमा हरेक प्रश्नको उत्तर र हरेक समस्याको समाधान विद्यमान छ । विद्वानहरुका अनुसार, कृष्णमा क्राइस्ट जस्तो सौजन्य, मोहम्मद जस्तो निश्चयात्मिकता र बुद्ध जस्तो तार्किकता एकै ठाउंमा पाइन्छ ।

पुत्ररुपमा कृष्णको भूमिका अद्वितीय छ । उनले आफ्ना पितामाताको उद्धार मात्र गरेनन् नन्दका पुत्रको रुपमा ब्रजमा नन्दवंशको गौरवमा समेत वृद्धि गरे । जैविक रुपमा उनी वसुदेव र देवकीका पुत्र भए पनि व्यवहारमा उनी यशोदा र नन्दका पुत्र हुन् । त्यसैले उनी वासुदेव, देवकीनन्दन, नन्दनन्दन, र यशोदानन्दन नामले प्रसिद्ध छन् ।

कृष्णको गोपिकाहरुसंगको प्रेमको विवरण भागवतमा पाइन्छ । कृष्णमा सम्पूर्ण पुरुषोचित गुण थिए । उनी आकर्षक थिए । बहादुर थिए । निर्णायक थिए । उपदेशक थिए । हितैषी थिए । असल रक्षक थिए । समाजका हित चिन्तक थिए । योग्य पुत्र थिए । योग्य मित्र थिए । उत्कृष्ट संगीतज्ञ थिए । नर्तक थिए । बाल अधिकारका प्रवत्र्तक थिए । यस्ता अतिमानवको प्रेम पाएर गोपिकाहरु स्वाभाविक रुपमा धन्य भएका थिए ।

भागवत ग्रन्थको रासलीलामा त्यो प्रेम ज्यादै सुन्दर र पवित्र रुपमा प्रकट गरिएको छ ।

ब्रज छोडे पछि कृष्ण फेरि कुनै गोपिकासंग भेट गर्न कहिल्यै पनि फर्केनन् । यसबाट कृष्णको प्रेमको पवित्रता स्पष्ट हुन्छ । कृष्णको प्रेम त्यागमा रुपान्तरित हुने प्रेम थियो वासनामा रुपान्तरित हुने प्रेम थिएन । नरकासुर नाम गरेको एक पतित र व्याभिचारी राजा थियो । जसले सोह्र हजार कन्याहरुलाई थुनेर राखेको थियो । भगवान श्रीकृष्णले नरकासुर वध गरेर सबै कन्याहरुलाई मुक्त गरे अनि सबैका घरघर पठाई दिए । तर उनीहरुका माता पिता र समाजले उनीहरुालई स्वीकार गर्न मानेन । उनीहरु दुखी भइ कृष्णकहां रुन पुगे । निर्दोष कन्याहरुको त्यो आर्त पुकारपछि कृष्णले तत्काल निर्णय गरे– यदि तिमीहरुको परिवारले, समाजले स्वीकार गर्दैनन् भने तिमीहरु आजदेखि कृष्ण पत्नी भयौ । यसरी कृष्णले महिलाहरुलाई सामाजिक सम्मान दिन सोह्र हजार एक शय पत्नी बनाउनु परेको हो ।

पिताको रुपमा समेत कृष्णको भूमिका स्नेही अभिभावक रुपमा रहेको छ । कृष्ण पशुपालन अर्थव्यवस्थाका पक्षपाती थिए । उनी बालबालिकालाई देशको आधार मानेर उनीहरुको पोषणका लागि घिउदूध राज्यलाई होइन बालकलाई दिनु पर्छ भन्ने मान्यतामा थिए । राजनैतिक व्यवस्थामा पनि कृष्णले नौलो प्रयोग गरेका थिए । अन्यायी शासकको वध गरेपछि त्यहांको जनतालाई स्वतन्त्रता र न्याय प्राप्त हुनुका साथै आफ्नो परम्पराको गौरव पनि प्राप्त भइरहोस भन्नेमा उनले ध्यान दिएका थिए । शासकको वध गरे पछि वा कुनै राज्यलाई जिते पछि जित्नेले राज्यको शासनभारा स्वतः पाउने प्राचीकालको परम्पराका विपरीत उनले कुनै पनि राज्यमा आफ्नो दावी गरेनन् ।

कृष्णको अन्तिम समयमा द्वारकामा अराजकता मच्चिनाले कृष्ण ज्यादै दुखी भए । उनको सल्लाह कसैले नमानेपछि उनी वनमा एक रुखमुनि बसेको बेलामा एक व्याधाले झुक्किएर वाण हानेको थियो।

(पं. बाबुराम ज्ञवाली)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button