मुख्य समाचार

प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको आज संसदमा जवाफ दिँदैछन् । आज मध्यान्ह १२ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आइतबार र सोमबार भएको छलफलमा प्रतिनिधिसभाका एक सय १० जना सांसदले भाग लिएका छन् ।

सत्ता पक्षका सांसदहरुले नीति कार्यक्रमका सक्त बचाउ गरेका छन भने विपक्षी दलका सांसदहरुले देशको वास्तविक समस्या समाधान गर्ने गरी नीति कार्यक्रम नआएको भन्दै आलोचना गरेका छन् ।

आजकै बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि राष्ट्रपतिबाट प्रस्तुत नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button