प्रदेश ३

सिन्धुलीको कमलामाई नगरपालिकामा २७ जनाको आरडिटी पोजेटिभ

सिन्धुली अस्पताल र कमलामाई नगरपालिका भित्रको क्वारेन्टाइनमा रहेका नागरिकको आरडिटी विधिबाट गरिएको एन्टीवडि परीक्षणको नतिजा पोजेटिभ आएको छ । एन्टीवडि जाँचमा मंगलबार ७ जनाको रिपोर्ट पोजेटिभ आएपछि उक्त संख्या २७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

सोमबार र मंगलबार जिल्लाका फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, क्वारेन्टाईनमा बसेका नागरिक तथा अन्य नागरिकलगायतमा परीक्षणमा गरिएको थियो । उक्त परिक्षणमा सोमबार २० र मंगलबार ७ गरी २७ जनाको एन्टीवडि पोजेटिभ आएको हो । यसरी एन्टीवडि पोजेटिभ आउनेमा अधिकांश स्वास्थ्यकर्मी रहेका छन भने सुरक्षाकर्मी, क्वारेन्टाईनमा राखिएका मानिस, केहि कर्मचारी र केहि अन्य नागरिक समेत रहेको स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र कुमार शाहले बताएका छन् ।

उनका अनुसार २ दिनमा सिन्धुली अस्पताल र कमलामाई नगरपालिकामा रहेको क्वारेन्टाईनमा गरी २१३ जनाको आरडिटी परिक्षण गरेको थियो । यस्तै मरिण गाउँपालिकामा मंगलबार ३३ जनाको आरडिटी परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । योसँगै आरडिटी परीक्षणबाट सिन्धुलीमा ८४४ जनाको एन्टीवडि परिक्षण गरिएको शाहले जानकारी दिएका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button