प्रदेश ३

चीनले दियो सिन्धुपाल्चोकलाई १ करोड बराबरको स्वास्थ्य सामाग्री

सिन्धुपाल्चोक – चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोक जिल्लालाई १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ । चीनको न्यालम कन्ट्रीको तर्फबाट सिन्धुपाल्चोक जिल्लाका लागि स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको हो ।

तिन साता अघि सम्पन्न दुइ देश बिचको सीमा सुरक्षा बैठकमा नेपालको तर्फबाट बैठकमा नेतृत्व गरेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सहयोगका लागि आग्रह गरेका थिए । सोही आग्रहको आधारमा चिनियाँ पक्षले स्वास्थ्य सामग्री सहयोग गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणलाई नियन्त्रणका लागि आवश्यक मनिने पीपीइ सेट, थर्मलगण, मेडिकल मास्क, आरडीटी किट्स लगायत १ करोड ३ लाख ८० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको प्रजिअ ढकालले जानकारी दिए ।

चीन सरकारले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल चिन सीमा मितेरी पुलमा प्रजिअ ढकाललाई हस्तान्तरण गरिएको थियो । न्यालम कन्टीको तर्फबाट पिपिइ सेट १ हजार एक सय, थर्मलगण १ सय ८, आरडीटी किट्स १ हजार ५ सय, एन ९५ माक्स १ हजार ५ सय मेडिकल माक्स १ लाख ३० हजार थान रहेको छ ।

स्वास्थ्य प्रोटोकल पालन गर्दे खासा भन्सारका अधिकारीहरुले स्वास्थ्य सामग्री लिएर मितेरी पुल आएका थिए । लार्चास्थित सुख्खा बन्दरगाहाको आइशोलेसनमा स्वास्थ्य सामग्री राखेपछि सदरमुकाम ल्याइने प्रजिअ ढकालले जानकारी दिए ।

चीन सरकारबाट अनुदानमा आएको स्वास्थ्य सामग्री फ्रन्ट लाइनमा बसेर काम गर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई वितरण गरिने छ । स्थानीय सरकारलाई पनि आवश्यकताको आधारमा स्वास्थ्य सामग्री प्रदान गरिने ढकालले जानकारी दिए । यसअघि पनि न्यालम कन्ट्रीको तर्फबाट सीमा जोडिएको भोटेकोशी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button