अर्थ बजार

यामाहाले दक्षिण एशियामा आक्रामक रुपमा बजार बिस्तार गर्दै

काठमाडौं – यामाहाले दक्षिण एसियाली बजारमा आफ्नो बजार हिस्सा बढाउने रणनीति अनुसार एकपछि अर्को नयाँ मोडल सार्वजनिक गरिरहेको छ । त्यसमा पनि सिरिज नै बनाएर यामाहाले नयाँ मोटरसाइकल ल्याउन सुरु गरेको हो ।

यामाहाले एफजेड सिरिजको सफलतापछि भारतमा ल्याएको एमटी सिरिजले पनि राम्रो व्यापार गर्न थालेको बताइएको छ । नेपालमा पनि प्रिमियम मोटरसाइकलको रुपमा आएको एमटी-१५ ले राम्रो व्यापार गरिरहेको छ । यसको सफलतासँगै कम्पनीले एमटी सिरिज अन्तर्गतका अन्य मोडललाई बजारमा उतार्ने तयारी गरिरहेको छ ।

यामाहाले एमटी सिरिजमा एमटी-१२५, एमटी-१५, एमटी-०३, एमटी-०९ जस्ता मोडलहरु बिक्री गर्दै आएको छ ।

कम्पनीले भारतीय बजारलाई केन्द्रमा राखेर बिक्री सुरु गर्न लागेको मोडल एमटी-०३ मा ३२१ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ४१.४ पीएस पावर र २९.६ एनएम टर्क प्रदान गर्छ ।

यामाहाको आर थ्रीको जस्तै मूल्यमा आउने यो मोटरसाइकलमा डबल च्यानल एबीएस दिइएको छ । एमटी-०३ मा प्रयोग भएका सबै लाइटहरु एलइडी रहेका छन् । नेपालमा यामाहा आर थ्रीको मूल्य ९ लाख २४ हजार ९०० रुपैयाँ तोकिएको छ ।

एमटी-०३ मा अगाडि ३७ एमएमको ‘केवाइबी अपसाइड डाउन फर्क’ र पछाडि ‘स्प्रिङ रेटेड प्रिलोड एड्जेस्टेवल’ सस्पेन्सन दिइएको छ । सुरक्षाको लागि अगाडि २९८ एमएम र पछाडि २२० एमएमको डिस्क ब्रेक दिइएको छ ।

पूर्णत डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको यस मोटरसाइकल युवाहरुको विशेष रोजाइमा पर्ने अनुमान गरिएको छ । यसलाई कम्पनीले २०२० को अन्तिम क्वाटरसम्म भारतीय बजारमा उतार्ने अनुमान गरिएको छ । संभवत यो मोटरसाइकल नेपाली बजारमा पनि आउने छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button