प्रदेश १

धनकुटामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, आजै सङ्क्रमित हुने ३२ पुगे

प्रदेश नम्बर १ को धनकुटामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनकुटा जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमित ४ जना स्वास्थ्यकर्मी र अर्का एक जना स्वास्थयकर्मीको आफन्त रहेको बताइएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जनाएको हो।

योसँगै, धनकुटामा ६ जनामा कोराना संक्रमण देखिएको छ । १ जना यसअघि नै पुष्टि भइसकेका छन् । आजै २७ जना कोरोना संक्रमण पुष्टि भएकोमा यो संख्या बढेर ३२ पुगेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button