स्वास्थ्य

कोरोना नियन्त्रणमा अफ्रिकी देशबाट सिकौं

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना संक्रमणको महामारी फैलिन नदिन अफ्रिकी देशहरुले कसरी काम गरे विकसित देशहरुले सिक्नु पर्ने बताएका छन् ।

बुधबार फ्रान्सको एक रेडियोसँग कुरा गर्दै उनले महामारीको सुरुका दिनमा अफ्रिकी देशमा जुन खालको संक्रमणको आशंका गरिएको थियो त्यो तहमा नदेखिएको बताएका छन् ।

अफ्रिकी देशले जसरी सही समयमा सही कदम उठाए यसमा त्यहाँका सरकारहरुले कसरी काम गरे त्यो विकसित देशका लागि सवक भएको गुटेरेसले बताएका बीबीसीले जनाएको छ ।

अफ्रिका महादेशमा हालसम्म ३ हजारभन्दा कम संक्रमितको मृत्यु भएको छ भने ८८ हजार संक्रमित भएका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button