इटालियन ब्राण्ड `बनेली´ का मोटरसाइकल आऊँदै, कति पर्ला मूल्य?

जागरणपोस्ट ७ जेष्ठ २०७७, बुधबार १०:०३

इटालियन ब्राण्ड बेनेली दुई पाङ्ग्रे सवारीसाधन उत्पादनको लागि निकै चर्चित रहेको छ । कम्पनीले प्रिमियम मोटरसाइकलदेखि कम्यूटर सेग्मेन्टको मोटरसाइकल उत्पादनमा आफुलाई प्रमाणित गर्दै आएको छ ।

कम्पनीले उत्पादन गरेका अधिकांस उत्पादन नेपाली बजारमा पनि उपलब्ध रहेको छ । नेपालमा बेनेलीका मोटरसाइकल २ लाख ३० हजारदेखि २१ लाख रुपैयाँसम्ममा किन्न पाईन्छ । यस्तोमा कम्पनीले ल्याएको पछिल्लो उत्पादन ‘बेनेली १८० एस’ नेपाली बजारमा आउँछ वा आउँदैन भन्ने जिज्ञासा उपभोक्तामा रहेको पाइन्छ ।

झट्टहेर्दा निकै प्रिमियम देखिने यो मोटरसाइकल कम तौल, उच्च पावर र आकर्षक बनावटको कारण चर्चामा रहेको हो । यस्तोमा नेपाली बजारमा यो मोटरसाइकल आउँछ वा आउँदैन भन्ने चासो हुनु स्वभाविक हो ।

बेनेलीको नेपालका लागि आधिकारीक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिमा बुझदा यो मोटरसाइकल नेपाल ल्याउने तयारी भइरहेको थियो । तर, तयारी कै बीचमा कोरोना भाइरसको कारण विपरीत समय सृजना भएकाले यो मोटरसाइकल सम्भवत भदौमा हुने नाडा अटो शो २०२० सम्ममा नेपाल आउन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यसमा १७५.३ सीसी क्षमताको सिंगल सिलिण्डर, ४ भल्भ, लिक्विड कुल्ड, एफआई इन्जिन दिएको छ ।

रेस इन्सपिरेसन च्याचिस डिजाइनमा आधारित यस मोटरसाइकलमा रहेको इन्जिनले ९५०० आरपीएममा अधिकतम १८ बीएच पावर र ७००० आरपीएममा १४ एनएम टर्क प्रदान गर्छ ।

कम्पनीले यसको अगाडि इन्भर्टेड टेलिस्कोपिक सस्पेन्सन दिएको छ भने पछाडि मोनोसक दिएको छ । सुरक्षाको लागि दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध यो मोटरसाइकलमा अगाडि २६० एमएमको डिस्क र पछाडि २२० एमएमको डिस्क ब्रेक दिइएको छ ।

१७० एमएमको ग्राउण्ड क्लियरेन्स उपलब्ध यो मोटरसाइकलमा १३४५ एमएमको ह्वीलवेस र १० लिटर क्षमताको इन्धन ट्याङ्क दिइएको छ ।

यदि यो मोटरसाइकल नेपाली बजारमा आउने हो भने यसको मूल्य ४ लाख रुपैयाँ भन्दा केही बढी पर्ने देखिन्छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६