प्रदेश ५

कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण

कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा ९ जना र विजयनगर गाउँपालिकामा ३ गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार भैरहवामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको कपिलवस्तुका प्रहरी प्रमुख (एसपी) दीप शमशेर जबराले जनाकारी दिए ।

९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले उनीहरुलाई आइसोलेसनमा राख्न कहाँ पठाउने भनेर महाराजगन्ज नगरपालिकाको बैठक बसिरहेको छ ।

संक्रमण देखिएकाहरु वैशाख २२ र २३ गते भारतबाट आएका हुन्। संक्रमित मध्ये ६ जना महिला र ३ जना पुरुष छन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम कलवारले अहिले संक्रमण पुष्टि भएकालाई क्वारेन्टिनबाट छुट्याइएको बताए ।

संक्रमित मध्ये ८ जना वडानम्बर ९ को क्वारेन्टिनमा र एक जना नगरपालिकाको क्वारेन्टिनमा छन् ।

सोमबार नगरपालिकाका क्वारेन्टिनमा रहेका १०८ जनाको स्वाब संकलन गरिएको थियो। यी मध्ये ८३ जनाको रिपोर्ट आएको हो ।

संक्रमितलाई बुटवल वा दाङको अस्पतालमा पठाइने नगरपालिकाले जनाएको छ ।

विजयनगरमा देखिएका संक्रमितहरुमा दुई पुरुष र एक महिला रहेका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button