प्रदेश ५

मंगलबार राति १२ बजेदेखि अर्घाखांचीका सीमानाका सिल

अर्घाखांची : छिमेकी जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मंगलबार राति १२ बजेदेखि अर्घाखांचीका सीमानाका सिल गरिएको छ ।

कपिलवस्तु र गुल्मीमा पनि संक्रमण देखिएकाले जिल्ला सुरक्षा समितिको बैठकले नाका सिल गर्ने निर्णय लिएको हो । अब अत्यावश्यकबाहेक सवारीसाधन र यात्रु आउजाउ गर्न नपाउने सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताउनुभयो । कपिलवस्तुसंगको सीमाक्षेत्र सिमलपानी, ठाडा लगायतमा भारतबाट आएकाहरु भित्रिने भएकाले त्यहां विशेष निगरानी राखिएको छ । अर्घाखांचीको ंकपिलवस्तु, गुल्मी, प्युठान, पाल्पासंग सीमा जोडिएको छ ।

सबै नाकामा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थापाले बताउनुभयो । त्यस्तै अर्घाखांचीको सन्धिखर्क स्थीत छाया पोलिक्लिनिकमा स्वास्थ्य जांच गराएका गुल्मीको मदानेका पुरुषमा यस्तै सोमबार कोरोना संक्रमण पुष्टि भएपछि पोलिक्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारीसहित १० जनाको पीसीआर परीक्षणका लागि स्वाब भैरहवा ल्याइएको छ । उनीहरुको रिपोर्ट नआउंदासम्म पोलिक्लिनिक पनि सिल गरिएको छ ।

यस्तै पोलिक्लिनिकमा उपचारका लागि आएका सबै बिरामी र उनीहरुको सम्पर्कमा आएका सबैलाई खोजेर कोरोना जांच गरिने भएको छ । बैशाख ३१ गते आफन्तसंग मोटरसाइकलमा आएका ४१ वर्षिय पुरुषले पोलिक्लिनिकमा स्वास्थ्य जांच गरि रुपन्देही आएका थिए ।

जिल्लाका वित्तीय संस्था पनि अर्को सूचना नभएसम्मलाई बन्द गरिएका छन् । प्रशासनका अनुसार सदरमुकाम लगायत बजार क्षेत्रका खाद्यवस्तु, तरकारी लगायतका पसल बिहान ७ देखि १० बजेसम्म मात्र खुल्ने छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button