कला साहित्य

नानी र जवानी वेचियो

राम शर्मा

कहिले नानी बेचियो कहिले जवानी बेचियो।।
सिमानाको भुमीलाई झन जानी जानी बेचियो।।

देशलाई वचाए स्वाधिनताको लागि लडेर
तर, पुर्खाहरुले खुँडा धोएको पानी बेचियो।।

चोर, दलाल,भ्रष्टाचारि,अनि गुण्डा रहे देशमा
दक्ष्य, इमानदारी,सिधा र स्वाभिमानी बेचियो ।।

छोरो परदेश गएको ऋण पनि तिर्न नसक्दा
गरिबको झुप्रो सहित ठेको र मदानी बेचियो।।

प्राथना गर्दछु त्यस्तो दिन नआओस भनेर
कहिल्यै सुन्न नपरोस हाम्रो राजधानी बेचियो।।

भारत।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button