समाज

पूर्व गाविस सचिवविरुद्ध १८ करोड अकूत सम्पत्तिसहित अख्तियारमा मुद्धा दर्ता

तत्कालीन गाविस सचिवले १७ करोड अकुत सम्पत्ति आर्जन गरेका छन्। गाविस सचिवबाट सेवा प्रवेश गरी शाखा अधिकृतको पदबाट अवकाश प्राप्त ऋषिराम अर्यालविरुद्ध करिब १८ करोड बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

अर्यालले सार्वजनिक सेवामा प्रवेश गरे देखि २०७६ आषाढ मसान्तसम्मको जाँच अवधिसम्म ८ करोड ७७ लाख २७ हजार ४८३ वैध आर्जन गरेका देखिएको छ। वैद्य आयको तुलनामा तुलनामा सोही अवधिमा उनले विभिन्न शीर्षकमा गरी २६ करोड ६० लाख ६९ हजार ६२ लगानी तथा खर्च गरेको देखिएको छ।

वैद्य आय त था लागनी खर्चको विश्लेषणबाट १७ करोड ८३ लाख ४१ हजार पाँच सय ६९ रुपैयाँको आय भन्दा बढी खर्च गरेको रकमको स्रोत नखुलेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अर्यालविरुद्ध वर्षसम्मको कैद र विगो बमोजिमको जरिबाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्ति समेत जफत गरिने आरोप पत्रमा उल्लेख छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button