अर्थ बजार

ओपो र भोडाफोनबिच युरोपमा फाईव जी संचालन गर्नेसम्बन्धमा सहकार्य

एजेन्सी – भोडाफोनको च्यानल उपयोग गर्दै क्रमबद्ध रुपमा ओपो पहिले भोडाफोनका यूरोपियली बजारहरु जर्मनी, यूके, स्पेन, पोर्टूगाल, रोमानिया, टर्की र नेदरल्याण्ड्समा प्रवेश गर्ने छ ।
ओपोको फोरजी र फाइभजी स्मार्टफोन्सका ईन्ट्रि–लेभलदेखि स्टेट–अफ–आर्ट फ्ल्यागशिप उत्पादन मार्फत भोडाफोनका उपभोक्ताले ओपोको उत्पादनहरुका फराकिलो रेञ्ज उपभोग गर्न पाउने छन ।

सहकार्यले ओपो र भोडाफोन दूबैलाई फाइभजी एडप्सन प्रक्रियामा तिब्रता ल्याउन सघाउ पुग्नुका साथै ओपोका उत्पादन भोडाफोनका बजार तथा उपभोक्ता मार्फत सहज उपलब्धतामा तेवा पुग्ने जनाएको छ ।

ओपो र भोडाफोनले ओपोका स्मार्टफोनको ब्यापक रेञ्ज भोडाफोनको यूरोपियली बजारमा भित्राउन बिस्तृत सहकार्यको घोषणा गरेको छ । यसको थालनी मे २०२०देखि हुने जानकारी दिइको छ ।

नवप्रबर्तनात्मक उत्पादन पोर्टफोलियो सुसज्जित अग्रणी स्मार्टफोन ब्राण्ड तथा अत्याधुनिक फाइभजी प्रविधिका ज्ञाता ओपोको बार्षिक ह्याण्डसेट शिपमेन्ट १०० मिलियन भन्दा बढी रहेको छ । ओपो र भोडाफोन बिचको यो सहकार्यले उपभोक्तालाई अझ ब्यापक छनोटको अवसर प्रदान गर्नुका साथै भोडाफोनका अन्तरराष्ट्रिय बजारमा फाइभजी एडप्सनमा तेवा तथा थप तिब्रता प्रदान गर्ने निश्चित छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button