मुख्य समाचार

नेपालमा कोरोना संक्रमित संख्या ४ सय ४४ पुग्यो

नेपालमा कोरोना संक्रमित संख्या ४ सय ४४ पुगेको छ ।

झापा, सुनसरी र धनकुटाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित १७ मध्ये १५ जना झापा कचनाकवल गाउँपालिकाका भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरू कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा फेला परेका हुन्। संक्रमित सबै पुरुष हुन भने उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूह हुन् । यस्तै अन्य दुई संक्रमितमा एक महिला र पुरुष रहेका छन् ।

संक्रमित पुरूषमा धनकुटा निवासी हुन्। उनको उमेर ३४ वर्ष रहेको छ भने संक्रमित महिला सुनसरीको धरान उपमहानगरपालिकाकी हुन् । उनको उमेर ५१ वर्ष रहेको मन्त्रालयले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणले उनीहरूमा कोरोना भएको पुष्टि गरेको हो ।

मन्त्रालयले उनीहरु सबैको स्वास्थ्य हाल सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button