समाज

रुपन्देहीको मणिग्राममा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु

रुपन्देही : रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचार भइरहेको उनको विहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रदेश ५ सामाजीक बिकास मन्त्रालय कास्वास्थ्य महाशाखा प्रमुख डा उमाशङ्खर चौधरीले पनि उनको मृत्यु भएको जानकारी गराउनुभएको छ । उनको आज बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको बताएका छन ।

मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष हुन् । शिक्षण पेशामा रहेका उनि बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टीलेटरमा राखेर उपचार गराईको थियो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button