स्वास्थ्य

नेपालमा आज एकैदिन २७ जनामा कोरोना पुष्टि

काठमाण्डाै : नेपालमा आज एकैदिन २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज थपिएका सङ्क्रमितमध्ये झापामा मात्रै २३ जनालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । झापा कचनकवल गाउँपालिकाका १७ देखि ५५ वर्ष उमेरका व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, आजै रुपन्देही, दाङ, सुनसरी र धनकुटका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै, नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय ५४ पुगेको छ ।

अहिलेसम्म कोरोनाबाट तीन जनाको ज्यान गएको छ भने ४९ जना निको भएका छन् । 

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button