प्रदेश ५

बाँकेमा कोरोना संक्रमित संख्या सय नाघ्यो

बाँकेमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक सय नाघेको छ। स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तीअनुसार बाँकेमा थप दुई जनामा संक्रमण पुष्टि भएको छ। बाँकेका नरैनापुर ३ का ३२ वर्षीय पुरुष र खजुरा ३ का ४२ वर्षीया महिलामा संक्रमण देखिएको हो।

यससँगै बाँकेमा संक्रमितको संख्या १ सय १ पुगेको छ। यस्तै कपिलवस्तुमा समेत थप एकजनामा संक्रमण देखिएको छ। यससँगै नेपालमा कूल संक्रमितको संख्या ४ सय ५७ पुगेको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button