प्रदेश ५

प्रदेश पाचको बजेट अधिवेसन आजबाट शुरुहुदै

बुटवल : प्रदेश ५ को बजेट अधिवेशन आज सुरु हुदैछ । मन्त्री परिषदको सिफारीसमा प्रदेश प्रमुखले दिउँसो एक बजेका लागि अधिबेसन आह्वान गर्नुभएको हो ।

यो अधिबेसनमा आर्थिक बर्ष २०७७/०७८ का लागि प्रदेश सरकारले आफनो नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ । प्रदेश प्रमुख धर्मनाथ यादबले संसद आव्हान गर्नुभएको पत्र पढेर सुनाउने र अघिल्लो अधिबेसनबाट पारित भएर प्रमाणिकरण भएका बिधेयकलाई पढेर सुनाउने , सबै दलका एक एक जनाले शुभकामना दिने कार्यसुचि रहेको अर्थ , उद्योग र पर्यटन समितीका सभापति दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

भोली प्रदेश सभामा प्रदेश सरकारको नीति कार्यक्रम प्रस्तुत हुदैछ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button