अर्थ बजारपत्रपत्रिकाबाट

लिपुलेक प्रकरणपछि भारतले लगायो पाम तेलमा प्रतिवन्ध

लिपुलेक हुँदै चीनतर्फ जाने बाटो खोलेकोमा तीव्र विरोध सुरु भएपछि भारतले नेपालबाट हुने पाम तेलको निर्यातमा रोक लगाएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले उक्त बाटो उद्घाटन गरेको ४ दिनपछि वैशाख २९ बाट पाम तेलको निर्यात रोकिएको हो ।

पाम तेल निर्यात गर्न ५ महिनाअघि भारतले नै अनुमति दिएका ३९ नेपाली फर्मको इजाजत निलम्बन गर्न सरोकारवाला सरकारी निकायलाई निर्देशन दिइएको स्रोतले बतायो । ‘विस्तृत छानबिन नभएसम्मका लागि निलम्बन गरिनेछ,’ एक व्यापारीले उपलब्ध गराएको भारतको निर्देशन पत्रमा भनिएको छ । यससम्बन्धी विवरण उच्च अदालतमा पेस गर्नसमेत भारतले आफ्ना सरकारी निकायलाई भनेको छ ।

दक्षिण एसियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा) र दक्षिण पूर्वी एसियाली देशहरुको स्वतन्त्र व्यापार सम्झौताका मापदण्ड पालना नगरी नेपालबाट पाम तेल निर्यात भएको भन्दै भारतले रोकिदिएको हो । भारतको यो निर्णयलाई उद्योग, वाणिज्य तथा अर्थ मन्त्रालयका अधिकारीले पाम तेलको उत्पत्ति, तोकिएको प्रतिशतअनुसार ‘भ्यालु एड’ को प्रमाणसम्बन्धी पहिल्यैको समस्याको निरन्तरताका रूपमा अथ्र्याएका छन् । केही अधिकारीले भने यसलाई भारतसँगको चिसिँदै गएको नेपालको राजनीतिक सम्बन्धसँग जोडेर हेरेको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button