प्रदेश १

सीमामा भारतीयद्वारा नेपाली सुरक्षाकर्मीमाथी हातपात

झापाको कचनकवल गाउँपालिका–१ स्थित सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि शुक्रबार फेरि भारतीय नागरिकले आक्रमण गरेका छन् । चमारभिट्टास्थित सीमामा खटिएका सशस्त्र प्रहरी र सीमावर्ती भारतीय नागरिकबीच विवाद भएको हो ।

बिहान १० बजेतिर दशगजामा सशस्त्र प्रहरीका एक हवल्दारलाई भारतीय नागरिकले बाँसको लट्ठीले प्रहार गरेका थिए । उनको कानमा चोट लागेको छ । भारतीय नागरिकले आक्रमण गरेपछि सशस्त्रका हवल्दारले प्रतिकार गरेका थिए । त्यस क्रममा भारतीय नागरिकलाई पनि चोट लागेको स्थानीय बोलोराम राजवंशीले जानकारी दिए ।
भारतको किसनगन्ज जिल्लाको जिलाबारी बस्तीका २५ वर्षीय युवकले दशगजा कटेर नेपालतर्फ गाईबस्तु बाँधेका थिए । नेपाली सुरक्षाकर्मीले नेपालतर्फ बस्तु नबाँध्न आग्रह गरेपछि उनले बाँसको लट्ठीले हानेका हुन् । लगत्तै भारतीय बस्ती जिलाबारीबाट घरेलु हतियारसहित करिब एक सयको संख्यामा मानिसहरू नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न दशगजातर्फ आएका थिए । तर, नजिकै रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले उनीहरूलाई तितरबितर पारेका थिए ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button