थप

जीवन र जगतको बारेमा बुझ्न गीताको अध्ययन गरौं

डा. टेकनारायण पौडेल

गीता त्यो सर्वोत्तम ग्रन्थ हो जसको अध्ययनबाट जीवन र जगतलाई बुझ्न सहज हुने कुरा बुझिन्छ। मानबिय गुणहरुमा परिबर्तन अनि आत्मबिस्वासको बिकास र परिबर्तनका लागि यो ग्रन्थ उत्कृष्ट छ। आज संसारमा सबैभन्दा बढी पढिने पुस्तक अनि सबै जसो भाषामा प्राप्त पुस्तक नै गिता हो।

गीता त्यो सर्वोत्तम ग्रन्थ हो जसले जीवन दर्शनको गहन अर्थ दिन्छ । कतिले भन्ने गर्छन् श्रीमदभगवतगीता नपढी जीवन र जगतलाई बुझिदैन । यो पौराणिक ग्रन्थमा जीवनको सार छ । यसको रचना महर्षि वेदव्यासले गरेका थिए । खासगरी महाभारत युद्धमा अर्जुन र उनका सारथी श्रीकृष्णबीच भएको संवादमा आधारित छ गीता । गीतामा ज्ञानयोग, कर्म योग, भक्ति योग, राजयोग, एकेश्वरवाद आदि कुराको चर्चा गरिएको छ । यसमा १८ अध्याय छन, जसले हाम्रो जीवनसँग जोडिएको हरेक प्रश्नको जवाफ दिन्छ ।

एउटा बिर पुरुष भएर पनि अर्जुनले युद्ध को मैदान मा जान डराएको विषयका सन्दर्भमा भगवान श्रीकृष्णले उनलाई सम्झाउने काम गर्दा नै तयार भयेको शास्त्र हो गीता।

पहिलो अध्याय: गीताको पहिलो अध्याय अर्जुन(विषाद योग छन)। यसमा ४६ श्लोकद्वारा अर्जुनको मनस्थितीको वर्णन गरिएको छ । यसमा भनिएको छ कि कसरी अर्जुन आफन्तसँग युद्ध गर्न डराउँछन् र उनलाई भगवान कृष्णले कसरी सम्झाउँछन। दोस्रो अध्याय: गीताको दोस्रो अध्याय ‘सांख्या योगमा कुल ७२ श्लोक छन । यसमा श्रीकृष्णले अर्जुनलाई कर्मयोग, ज्ञानयोग, संख्यायोग, बृद्धि योग र आत्मको ज्ञान दिन्छन । यो अध्याय वास्तवमा पुरा गीताको सारांश हो । यसलाई एकदमै महत्वपूर्ण भाग मानिन्छ। तेस्रो अध्याय गीताको तेस्रो अध्याय कर्मयोग हो, यसमा ४३ श्लोक छन । यसमा श्रीकृष्णले अर्जुनलाई सम्झाउँछन कि, परिणामको चिन्ता नगरी हामीले आफ्नो कर्म गर्नुपर्छ ।

चौंथो अध्याय: ज्ञान कर्म सन्यास योग गीताको चौथो अध्याय हो, जसमा ४२ श्लोक छन । यसमा श्रीकृष्णले अर्जुनलाई धर्मपरायणको संरक्षण र अधर्मीको विनाशका लागि गुरुको अत्याधिक महत्व रहेको बताउँछन । पाँचौ अध्याय: कर्म सन्यास योग गीताको पाँचौ अध्याय हो, जसमा २९ श्लोक छन । यसमा अर्जुनले श्रीकृष्णसँग सोध्छन; कर्मयोग र ज्ञानयोग दुईमध्ये कुन चाहि उनको लागि उत्तम छ । तब कृष्णजीले भन्छन्, दुबैको लक्ष्य एकै हो । तर, कर्म योग अभिनयका लागि उत्कृष्ट हुन्छ । छैठौं अध्याय: आत्मसंयम योग गीताको छैठौं अध्याय हो, जसमा ४७ श्लोक छन । यसमा श्रीकृष्णले अर्जुनलाई अष्टांग योगको बारेमा बताएका छन । उनले बताएका छन् कि कुन प्रकार मनको द्विविधा हटाएर महारथ प्राप्त गर्न सकिन्छ । सातौं अध्याय: ज्ञानविज्ञान योग गीताको सातौ अध्याय हो, जसमा ३० श्लोक छन । यसमा श्रीकृष्णले निरपेक्ष वास्तविकता र त्यसको भ्रामक उर्जा ‘माया’को बारेमा अर्जुनलाई बताउँछन । आठौं अध्याय गीताको आठौं अध्याय अक्षरब्रम्हायोग हो, जसमा २८ श्लोक छन । गीताको यस पाठमा स्वर्ग र नर्कको सिद्धान्त सामेल छ । यसमा मृत्युअघि व्यक्तिको सोच, अध्यत्मिक संसार तथा नर्क र स्वर्ग जाने राय बताउँछन। नवौं अध्याय राजविद्याराजगृह्य योग गीताको नवौं अध्याय हो, जसमा ३४ श्लोक छन । यसमा श्रीकृष्णले आन्तरिक उर्जाले सृष्टिलाई व्याप्त बनाउँछ, त्यसको सिर्जना गर्छ र पुरा ब्रम्हान्ड नष्ट गर्छ भन्ने वताउँछ । दशौं अध्याय विभूति योग गीताको दशौं अध्याय हो, जसमा ४२ श्लोक छ । यसमा श्रीकृष्णले अर्जुनलाई भन्छन, कसरी सबै तत्व र आध्यात्मिक अस्थितत्वको अन्त्यको कारण बन्छ । एघारौं अध्याय विश्वरुपदर्शन योग गीताको एघारौं अध्याय हो, जसमा ५५ श्लोक छन । यस अध्यायमा अर्जुनको निवेदनमा कृष्णले आफ्नो विश्वरुप धारण गर्छन ।
बाह्रौं अध्याय: भक्ति योग गीताको बाह्रौ अध्याय हो, जसमा २० श्लोक छन । यस अध्यायमा कृष्ण भगवान भक्ति मार्गको महिमा बताउँछन् । यसका साथै उनले भक्तियोगको वर्णन अर्जुनलाई सुनाउँछन । तेह्रौं अध्याय: क्षेत्रक्षत्रज्ञविभाग योग गीता तेह्रौ अध्याय हो, यसमा ३५ श्लोक छन । यसमा श्रीकृष्ण अर्जुनलाई क्षेत्र र क्षेत्रज्ञको ज्ञानको बारेमा तथा सत्व, रज र तम गुणद्वारा राम्रो योनीमा जन्म लिने उपाय सिकाउँछन। चौधौं अध्याय : गीताको चौध अध्याय गुणत्रयविभाग योग हो, यसमा २७ श्लोक छन । यसमा श्रीकृष्ण सत्व, रज र तम गुण तथा मनुष्यको उत्तम, मध्यम र अन्य गतिको विस्तारपूर्वक वर्णन गर्छन् । अन्त्यमा यी गुण पाउने उपयाय र यसको फल पनि बताउँछ। पन्ध्रौं अध्याय: गीताको पन्ध्रौं अध्याय पुरुषोत्तम योग हो, यसमा २० श्लोक छन। यसमा श्रीकृष्ण भन्छन्; दैवी प्रकृतिवाला ज्ञानी पुरुष सर्व प्रकारबाट मेरो भजन गर्छ तथा आसुरी प्रकृतिवाला अज्ञानी पुरुष मेरो उपहास गर्छ । सोह्रौ अध्याय: दैवासरसंपद्विभाग योग गीताको सोह्रौ अध्याय हो, जसमा २४ श्लोक छन । यसमा श्रीकृष्ण स्वभाविक रीतिले दैवी प्रकृतिवाला ज्ञानी पुरुष तथा आसुरी प्रकृतिवाला अज्ञानी पुरुषको लक्षणको बारेमा बताउँछन ।
सत्रौं अध्याय श्रद्धात्रयविभाग योग गीताको सत्रौ अध्याय हो, यसमा २८ श्लोक छन। यसमा श्रीकृष्णले अर्जुनलाई भनेका छन; शास्त्र विधीको ज्ञान नभएको कारणले शास्त्र विधी छाड्नुमा यज्ञ, पूजा आदि शुभ कार्य त श्रद्धापूर्वक गर्छन्, त्यसको स्थिती के हुन्छ । अठारौं अध्याय : मोक्ष सन्यास योग गीताको अठारौं अध्याय हो, यसमा ७८ श्लोक छन । यस अध्याय पछिल्लो सबै अध्यायको सारांश हो । यसमा अर्जुनले श्रीकृष्णसँग न्यास अर्थात ज्ञानयोग र त्याग अर्थात फलासक्तिरहित कर्मयोगको तत्व जान्ने इच्छा प्रकट गर्छन.

प्राचार्य: हिमालयन बोर्डिङ्ग स्कुल, पोखरा।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button