मुख्य समाचार

आज कुन जिल्लामा कति सङ्क्रमित ? (विवरणसहित)

नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट पछिल्लोपटक १७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

कुन जिल्लामा कति ?

रौतहट – ५६
कपिलवस्तु – ५१
झापा – २८
बाँके – १०
पर्सा -५
सर्लाही – ५ (१ पाटन अस्पतालमा)
सप्तरी – ४
बारा – ४
नवलपुर – २
दाङ – २
अर्घाखाँची – १ (मृत्यु)
म्याग्दी – १
रुपन्देही – १

मृतकको संख्या ६ पुग्यो

नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

यही जेठ १० गते मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।

नेपाल प्रवेश गरेसँगै उनको स्याम्पल लिइएको थियो । मृत्यु भएको ५ दिनपछि रिपोर्ट आएको हो ।

२०६ जना डिस्चार्ज

हालसम्म २०६ जना कोरोना निको भएर घर फर्किएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । उनका अनुसार डिस्चार्ज हुनेमा १६२ पुरुष र ४४ महिला छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button