अर्घाखाँचीका प्रमूख जिल्ला अधिकारीको ठाडो निर्देशनमा कपिलवस्तुमा उत्पादित तरकारी यसरि नष्ट गर्न लगाईयो (भिडियोसहित)

जागरणपोस्ट १९ जेष्ठ २०७७, सोमबार ०२:२९

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा कोरोना संक्रमित जिल्ला कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरेपछि कपिलबस्तुका जनप्रतिनिधी, किसानहरु आक्रोशित भएका छन् ।

कोरोना संक्रमित जिल्ला कपिवस्तुबाट ल्याईएको तरकारी सदरमुकाम सन्धिखर्कको डम्पिङ साइड आटिकापाटा र फुदवाङको बिचमा पर्ने अउलाखोलामा नष्ट गरेपछि कपिलबस्तुका जनप्रतिनिधी, किसानहरु आक्रोशित भएका हुन् ।

कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले आफ्नो नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी अर्घाखाँचीको डम्पिङ साइटमा फालिएको विषयले आफु स्तब्ध बनेको बताएका छन। उक्त घटनापश्चात मेयर श्रेष्ठले यसबिषयमा थप बुझ्ने प्रयास गरिरहेको भन्दै उक्त घटना लज्जाको विषय रहेको प्रतिक्रिया दिएका छन।

प्रहरीकै रोहवरमा किसानको उत्पादन त्यसरि नष्ट गरिएकोमा आक्रोश ब्यक्त गर्दै मेयर श्रेष्ठले भने- “कोरोना देख्नेले चामल र अन्य खाद्यान्नमा किन देख्दैनन? तरकारी नष्ट गरिएको खबरले म दुखी छु, किसानले दुख गरेर उत्पादन गरेको तरकारी फाल्ने कस्तो प्रकारको कदम हो?” मेयर श्रेष्ठको आक्रोष थियो। तरकारीबाट कोरोना सर्छ भन्नेले दालचामल पनि नलगे हुन्थ्यो नि? मेयर श्रेष्ठले भने- चामल लैजाने तर ताजा तरकारी फाल्ने क्रियाकलाप एकदमै गलत कुरा हो।

भारतका आलु, प्यास खान सक्ने, कपिलवस्तुबाट चामल लैजाने तर तरकारी डम्पिङमा फाल्ने क्रियाकलाप आपत्तिजनक रहेको बताऊँदै मेयर श्रेष्ठले आफुले यो विषयमा अझै बुझेर जानकारी दिएका छन।

बुद्धभूमिको धनकौली तरकारीको पकेट क्षेत्र हो । यहाँको सिंगो गाउँ तरकारी खेतीमा आश्रित रहदै आएको छ । यहाँका किसानको मुख्य बजार अर्घाखाँची रहदै आएको छ । लकडाउन यता यहाँका किसान तरकारी बेच्न नपाएर मर्कामा पर्दै आएका छन् ।

हेर्नुहोस प्रहरीकै रोहवरमा स्थानियस्तरमा उत्पादित तरकारी धमाधम फ्यांक्दै गरेको भिडियो

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६