विश्व

भारतले आजबाट लकडाउन हटाउँदै जाने

एजेन्सी : भारतले आजबाट लकडाउन हटाउँदै जाने निर्णय गरेको छ । कोरोना संक्रमणको दर बढेपनि लामो लकडाउनलाई भारत सरकारले खोल्दै जाने निर्णय गरेको हो ।

भारतमा रेल र हवाइ सेवा भने यसअघि नै आंशिक रुपमा खुलाइएको थियो । भारतले बन्दाबन्दीलाई क्रमश हटाउँदै जाने निर्णय अनुसार पहिलो चरणलाई `अनकल १` नाम दिइएको छ ।

अब एक जिल्लाबाट अर्को जिल्ला जान पास नभएपनि जान सकिनेछ तर वृद्धवृद्धा र बालबालिकालाई भने रोक लगाइएको छ ।

भारतको गृह मन्त्रालयले अनलकको पहिलो चरणमा होटल, धर्मशालाजस्ता स्थान ८ जुनदेखि खोल्ने अनुमति दिइसकेको छ । स्कुल, कलेज र शिक्षणसंस्था भने दोस्रो चरणमा खोल्ने बताइएको छ ।

अंतरराष्ट्रीय हवाइ उडान, स्विमिगं पुल, मनोरञ्जन पार्क, थिएटर भने अझै खुल्ने छैन् । भारतमा एक लाख ९० हजार बढी कोरोना संक्रमित छन् भने पाँच हजार चारसय बढीको मृत्यु भइसकेको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button