स्वास्थ्य

नेपालमा आजसम्म २ सय ७८ जना कोरोना संक्रमण मुक्त

काठमाडौं : नेपालमा आजसम्म २ सय ७८ जनाले कोरोना संक्रमण जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जानकारीअनुसार आजसम्म कुल डिस्चार्ज हुनेको संख्या २७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका हुन् । त्यसरी डिस्चार्ज हुने १२ जनामा ८ जना जनकपुरबाट, टेकु, बलम्बु, शिक्षण अस्पतालबाट ए एक जना र बुटवलबाट ४ जना रहेका छन् ।

डिस्चार्ज भएका दुई सय ७८ जनामा २२२ जना पुरुष र ५६ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button