प्रदेश ५

कपिलवस्तु जिल्लाको कृष्णनगर र मर्यादपुर सीमा नाकामा सेना परिचालन

कपिलवस्तु : कोरोना संक्रमण नियन्त्रणका लागि सीमावर्ती जिल्लाहरुमा नेपाली सेना परिचालन गरिएको छ ।

कपिलवस्तु जिल्लाको कृष्णनगर सीमा नाका र मर्यादपुर सीमा नाकामा होल्डिंग क्याम्प राख्ने गरी सेनालाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली सेनाले यशोधरा गाउंपालिकाको सुठौलीस्थित पशुपति शिक्षा मन्दिरमा होल्डिंग क्याम्प स्थापना गरिसकेको छ ।

नेपाली सेनाका मेजरको कमाण्डमा २० जना सेनाहरुलाई होल्डिंग क्याम्प संचालनका लागि खटाइएको छ । सेनाले सीमा क्षेत्रको दशगजासंगैको नेपाल प्रवेश मुख्यगेटसंगै हेल्थडेक्स स्थापना गरेको छ ।

भारतका विभिन्न शहरबाट आउने नेपाली नागरिकलाई हेल्पडेक्समा स्वास्थ्य चेकअप गरी होल्डिंग क्याम्प सम्म पुराइने छ । होल्डिंग क्याम्पमा भारतबाट आएका सर्वसाधारणकोे यात्रा विवरण तथा नाम ठेगाना संकलन गरी सम्वन्धित गाउंपालिका तथा नगरपालिका पुर्याउने प्रवन्ध मिलाइएको छ ।

कोरोना संक्रमणका लागि सरकारले नेपाली सेनालाई सीमा क्षेत्रमा खटाएकोप्रति स्थानीयले स्वागत गरेका छन् । तर सरकारको यो कदम भने ढिलो भएको स्थानीयको गुनासो छ । कपिलवस्तु जिल्ला मुलुकमै कोरोना संक्रमित बढी भएको जिल्लामा परेको छ ।

जिल्लामा हालसम्म ४ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका विभिन्न पालिकाहरुले निर्माण गरेको क्वारेन्टिनमा भारतबाट फर्केका करीब ४ हजार सर्वसाधारणलाई राखिएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button