प्रदेश १

कोरोना निको भएर कोसी अस्पतालबाट २८ जना डिस्चार्ज

विराटनगर : कोसी अस्पतालका थप २८ जनाले कोरोनाभाइरसलाई जित्न सफल भएका छन् । कोरोना निको हुनेमा उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका गरी २८ जना रहेका छन् ।

यससँगै प्रदेश १ मा कोरोनालाई जित्नेको संख्या ७६ पुगेको छ । उनीहरुले विराटनगरको कोसी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका थिए ।

थप २८ जनाको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेकोले डिस्चार्ज गर्न लागिएको जनाइएको छ ।

अब प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ८५ मात्र छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button