सुस्ता गाउंपालिकामा एकैदिन १२ जना कोरोना संक्रमित

जागरणपोस्ट २८ जेष्ठ २०७७, बुधबार ०८:५४

नवलपरासी : पश्चिमनवलपरासीको सुस्ता गाउंपालिकामा एकैदिन १२ जना कोरोना संक्रमित देखापरेका छन् ।

मंगलबार संक्रमित देखापर्नेमा मा वडा नं. १ का ६ जना वडा नं. ३ का २, वडा नं. ४ का १ र वडा नं. ५ का ३ जना छन् । भारतबाट उनीहरु सबै १६ देखि ५६ वर्ष उमेर समूहका छन् । अहिलेसम्म सबैभन्दा बढी सुस्तामा १६ जना संक्रमित देखापरेका छन् । योसंगै जिल्लामा संक्रमित हुनेको संख्या ३३ पुगेको छ ।

संक्रमितमध्ये ३ जना निको भएर घर फर्केका छन् । यसअघि पाल्हीनन्दन गाउँपालिकामा देखा परेका ११ जना स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा छन् । सुस्तामा देखा परेका संक्रमितलाई स्थानीय बेलवानी स्वास्थ्य केन्द्र भवनमा राखिने तयारी गरिएको छ ।

यसअघि देखिएका २ जना संक्रमित सोही भवनमा छन् । व्यवस्थित आइसोसेलन नहुँदा संक्रमित देखिएकाहरुलाई छुट्टै भवनमा राख्ने गरिएको छ । आइसोलेसन नहुँदा यसअघि देखिएका ३ जना बुटवलमा छन् ।

२ सय १७ जनाको पीसीआर नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताउनुभयो । जिल्लामा ९ सय ८ जना क्वारेन्टाइनमा छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६