राजनीति

आफुनिकट स्थाही कमिटी बैठक : पार्टीमा जटिलता आयो अब के गर्ने सुझाव दिनुस : प्रधानमन्त्री

काठमाडौ : नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानै बालुवाटार बोलाएर पार्टीका स्थायी कमिटी सदस्यहरूसँग आफूलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।

पार्टीका बहुमत सदस्यले प्रधानमन्त्रीबाट राजीनामा मागेपछि संकटमा परेका प्रधानमन्त्री ओलीले आज बिहान केही मन्त्री तथा सांसदसँग सरकारी निवास बालुवाटारमा बोलाएर करिब २ घण्टा परामर्श गरेका हुन् ।

त्यस क्रममा प्रधानमन्त्रीले आफूलाई अप्ठेरामा पारिएको भन्दै छलफलमा सहभागी स्थायी कमिटी सदस्यसँग सहयोग गरिदिन आग्रह गरेको एक मन्त्रीले जानकारी दिए ।

‘मलाई अहिले अप्ठ्यारोमा पारिएको छ,’ छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूले मलाई सहयोग गरिदिनुपर्यो, राष्ट्रियता र मेरा पक्षमा बोलिदिनुपर्यो ।’

छलफलमा सहभागीले प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी अब नयाँ ढंगले अघि बढाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले अहिले पार्टी र देश दुवै गम्भीर संकटमा छ, यस विषयमा गम्भीरतापूर्वक कदम चाल्ने आफूले परामर्श थालेको र यो पहिलो चरण भएको बताएका छन् ।

छलफलमा सहभागी नेकपा नेता एवं पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले अब क्रमशः सबैसँग परामर्श गर्ने बताएका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button