गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

कास्की : गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा, भरतपुर र काठमाडौंमा गरिएका परीक्षणमा प्रदेशका विभिन्न जिल्लामा संक्रमित थपिएका हुन् ।

संक्रमित हुनेमा नवलपरासी गैंडाकोटका दुई महिला सहित दश र बुलिङटारका दुई जना रहेका छन् ।

त्यस्तै, गोरखाको सहिद लखनका एक र बारपाक सुलिकोटका दुई जनामा संक्रमण पुष्टि भएको छ ।

स्याङजामा आठ जना संक्रमित थपिएका छन् । भीरकोटका पाँच, पुतलीबजार एक, वालिङका दुई जनामा संक्रमण देखिएको हो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button