राजनीति

पेट्रोलियम पदार्थको मूल्य नघटाए सरकारबिरुद्ध आन्दोलन गर्ने नेविसंघको चेतावनी

काठमाडौं– नेपाल विद्यार्थी संघ(नेविसंघले) पेट्रोलियम पदार्थको मुल्य तत्काल नघटाए सरकारविरुद्ध निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधवार विज्ञप्ति जारी गर्दै नेविसंघले कोरोना महामारीका बेला जनतालाई आन्दोलनका लागि सडकमा आउन बाध्य नपार्न सरकारलाई चेतावनी दिएको हो।

महामारीका बेला न्युन मुल्यमा उपलब्ध गराउनुपर्नेमा उल्टै बढाएको भन्दै निर्णय फिर्ता लिन नेविसंघले आग्रह गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए। सरकारले बुधवारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो। डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र मट्टितेलमा २ रुपैयाँ बढाइएको हो।

‘आकाशिएको मूल्य वृद्धि नियन्त्रण गरी यस्तो महामारीको वेलामा जनतालाई न्यून मूल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउनुको साटो सरकार जनताबाट कसरी बढी रकम असुल्ने भन्नेमा लाग्नु अत्यन्तै दुखद् कुरा हो। सरकारको यो मूल्य वृद्धीको निर्णयको नेविसंघ घोर भत्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

पेट्रोलियम पदार्थको मुल्य बढ्दा ढुवानी बढने र त्यसले सम्पूर्ण उपभोग्य सामानको मुल्य बढ्ने महामन्त्री भट्टराईले बताए।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button