समाज

ट्रकको ठक्करबाट ८ बर्षिय बालकको मृत्यु

बुटवल : रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुम्बिनी साँस्कृतिक नगरपालिका ११ महदेवाका ८ वर्षिय शिव लोध रहेका छन् ।

हिजो साँझ करिब ६ः १५ बजे हुलाकी सडक खण्डमा पैदल यात्रा गरिरहेकका उनलाई पर्साबाट कपिलवस्तु तर्फ जाँदै गरेको लु १ ख ७७७० नम्बर को मिनि ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट उनको दाहिने खुट्टा र बाँया हातमा चोट लागेको थियो ।

आज दिउँसो करिब १२ः३० बजे मेडिकल कलेज भैरहवामा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक खडक बहादुर खत्रीले जानकारी निुभयो । मिनि ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button