मुख्य समाचार

हालसम्म कुन प्रदेशमा कति कोरोना संक्रमित ?

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म कोरोना (कोभिड–१९) संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

हालसम्म डिस्चार्ज हुनेको संख्या भने ७ हजार आठ सय ९१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा अहिलेसम्म ७ सय ३९ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये १९६ जनाको उपचार भइराखेको छ भने ५ सय ४३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भने दुई जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ मा ४ हजार दुई सय ६२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये दुई हजार २४ जना उपचार गराइरहेका छन् भने २२ सय ३४ जनाले कोरोना जितेका छन् ।

हालसम्म प्रदेश २ मा कोरोनाका कारण ४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी बागमती प्रदेशमा ७ सय २२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ४२९ जनाको उपचार भइराखेको छ भने २८७ जनाले कोरोना जितेका छन् ।

बागमतीमा मात्र कोरोनाले ६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा १२ सय २२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ८६२ जनाको उपचार भइरहेको छ भने ३५५ जनाले कोरोना जितेका छन् ।

पछिल्लो २४ घण्टामा १८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोनाका कारण पाँच जनाले ज्यान गुमाएका छन् ।

प्रदेश ५ मा अहिलेसम्म ४ हजार ३३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १७ सय २७ जनाको उपचार भइरहेको छ भने २२ सय ९६ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशमा संक्रमितको संख्या १६ सय ४७ पुगेको छ । जसमध्ये ४०५ जनाको उपचार भइरहेको छ भने १२ सय ३८ जनाको डिस्चार्ज भएको छ । कर्णाली प्रदेशमा ४ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा भने अहिलेसम्म तीन हजार ९ सय ६ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये २९ सय ६२ जनाको उपचार भइराखेको छ भने ९ सय ३८ जना डिस्चार्ज भएका छन्। कोरोनाकै कारण ६ जनाले ज्यान गुमाएका छन्को ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ भने ७२ जिल्लामा कोरोना संक्रमित रहका छन् । अन्य पाँच जिल्लाका कोरोना संक्रमित सफल उपचारपछि घर फर्किएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार धनकुटा, भोजुपर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा भेटिएका सबै कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button