गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप १५ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं : गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा संक्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुमा छ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा ऋषिङका तीनजना र ब्यास, भानु र शुक्लागण्डकीका एक–एक पुरुष छन । पर्वतको फलेबास र महाशिलाका एक–एक जना पुरुषमा संक्रमित थपिएका छन् । बाग्लुङको जैमिनी र ढोरपाटनका दुई जना पुरुषमा कारोना पुष्टि भएको छ ।

नवलपुर बर्दघाट, स्याङजाको भिरकोट र गोरखाको सिचारनचोकमा एक–एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । लमजुङमा मध्यनेपाल र बेंशीसहरमा दुई संक्रमित थपिएका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button