गण्डकी प्रदेश

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरो जाँदा ३ जनाको ज्यान गयो

पोखरा : कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । स्थानीय प्रेमराज विकको घर माथिबाट आएको पहिरोमा पुरिएर उनका नातिहरु १६ वर्षीय कुशल विक, १४ वर्षीय समिर विक र १६ वर्षीया नातिनी रोजिना विकको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

उनका अनुसार तीनै जना एउटै कोठामा सुतिरहेका थिए । शुक्रबार बिहानपख खसेको पहिरोमा परी उनीहरु सुतेकै अवस्थामा पुरिएको प्रहरीले बताएको छ । प्रेमराज दम्पती भने सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्तक तीन जनाको शव पहिरोबाट निकालिसकेको डीएसपी हमालले बताए ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button