अन्तर्वार्ता

जागरणपोस्टको भर्चुअल संवाद कार्यक्रम- `मिडिया र राष्ट्रवाद´ माथी छलफल सम्पन्न

काठमाण्डौ– ब्लु बेल मिडियाद्वारा संचालित डिजिटल अनलाइन पत्रिका जागरणपोस्ट डट कम ले आयोजना गरेको विशेष संवाद शृङ्खला `मिडिया र राष्ट्रवाद´ शिर्षकमा आज अनलाईन संवाद कार्यक्रम सम्पन्न भएको छ। प्राविधिक कारणले गर्दा निर्धारित समयभन्दा केहि मिनेट ढिला गरि आयोजना भएको उक्त अनलाइन संवाद कार्यक्रममा विभिन्न संचारबिज्ञ तथा बरिष्ठ पत्रकारहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा क्यानडास्थित ओटावा विश्वविद्यालयमा संचारसम्बन्धि अनुसन्धान गरिरहनुभएका संचारबिज्ञ भानुभक्त आचार्य, अष्ट्रेलियामा मिडिया तथा पत्रकारितासम्बन्धि अध्यापन तथा अनुसन्धान गरिरहनुभएका अर्का संचारबिज्ञ डा.भरतराज पौडेल, हालैमात्र अन्नपूर्ण पोस्टको प्रधानसम्पादकको जिम्मेवारीबाट बाहिरिनुभएका बरिष्ठ पत्रकार एवं लेखक हरि बहादुर थापा तथा फ्रान्समा रहनुभएकी पत्रकार अनुराधा पौडेलको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन बिबिसीका पूर्व पत्रकार एवं ग्लोबल नेप्लीज डट कम का सम्पादक सल्लाहकार भगिरथ योगीले गर्नुभएको थियो।

डेढ घण्टासम्म संचालित उक्त कार्यक्रममा मिडिया र राष्ट्रवादबारे चर्चा,भारतीय `गोदि मिडिया´ प्रवृत्ति र त्यसले लोकतन्त्रमा पार्ने असरका साथै त्यस्ताखाले मिडिया प्रवृत्तिले द्विदेशीय एवं त्रिदेशीय सम्बन्धमा पार्ने प्रभावका बारेमा पनि बहस भएको थियो। कार्यक्रममा विश्वभरका मिडियामा राज्यसत्ताको प्रभाव र प्रयोग अनि नेपाली संचारमाध्यमको अवस्थितिको बारेमा भानुभक्त आचार्य, डा. भरतराज पौडेल र अनुराधा पौडेलले छलफल गर्नुभएको थियो भने नेपालमा संचारमाध्यम र पत्रकारिता क्षेत्रको अवस्थिति, चुनौती र दायित्त्वका बारेमा अर्का बरिष्ठ पत्रकार हरि बहादुर थापाले बहस गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै पत्रकार थापाले कोभिड १९ महामारीका बेला पत्रकारहरुले बेहोर्नुपरेको समस्या र चुनौतिका बारेमा संचारगृह र सम्बन्धित सरोकारवाला निकायले वेवास्ता गरेको आक्षेप लगाऊनुभएको थियो। कोभिड १९ को त्रास देखाई सरकारबाट गैरकानूनी लाभ लाभ उठाऊनकै लागि संचारगृहहरुले आफू मातहत कार्यरत श्रमजिवी पत्रकारहरुकाई जागिरबाट निकाल्ने गरेको पत्रकार थापाको अरोप थियो।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button