गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं : गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा उनीहरुमा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको हो ।

संक्रमित हुनेमा तनहुँका दुई, स्याङ्जा र लमजुङ एक–एक तथा कास्कीका आठ रहेका छन् । संक्रमितहरू २१ देखि ६० वर्ष उमेर समूहका छन् । संक्रमितमध्ये दुईजना महिला छन् ।

सबै संक्रमितलाई आइसोलेसनमा पठाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय १७ पुगेको छ । गण्डकी प्रदेशमा हाल क्वारेन्टिनमा १ हजार ८ सय २४ जना बसिरहेका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button