स्वास्थ्य

सरकारले आरडिटी परिक्षण बन्द गर्यो

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आरडीटी परीक्षण नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साउन १४ गतेको निर्णय अनुसार सातै वटा प्रदेश, स्थानीय तह र अस्पताललाई आरडीटी परीक्षण नगर्न निर्देशन दिएको जानकारी गराएका हुन् ।

यस्तै कोभिड–१९ प्रभावित वीरगञ्ज र जनकपुरमा आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रोहण सिंहको नेतृत्वमा उच्च स्तरीय टोली वीरगञ्ज पुगी काम सुरु गरिसकेको उनले बताए ।

आरडिटी परीक्षण बन्द गराई पिसिआरको दायरा बढाउन विभिन्न विज्ञहरुले सुझाव दिँदै आएका थिए ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button