समाज

गिरफ्तार गरिएका सदस्यको रिहाइको माग गर्दै प्रगतिशील लेखक संघले निकाल्यो विज्ञप्ती

बुटवल : प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीका सदस्य पारश राहाडी मगरलाई रुपन्देहीको बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ ।

राहाडीलाई यहीँ साउन १६ गते बिहीबार बुटवलको रानिगन्जबाट गिरफ्तार गरेको हो । विप्लव नेतृत्व नेकपा पार्टीको नाममा प्रहरीले गिरफ्तार गरि झुटा मुद्दा लगाएर फसाउन खोएको अध्यक्ष दलबहादुर गुरुङको जारी विज्ञप्तिमा भनाइ छ ।

नेपाली साहित्य क्षेत्रका उदयमान गुवलाई विचारको आधारमा गिरफ्तार गरि झुटामुद्दा लगाउने कार्यप्रती प्रगतिशील लेखक संघले घोर आपत्ति प्रकट गरेको छ ।

गिरफ्तार गरिएका राहाडीलाई विनासर्त तत्काल रिहा गरि नेपाली साहित्य क्षेत्रको सम्मान गर्न समेत लेखक संघले सरकारसमक्ष माग गरेको छ ।

विज्ञप्ती

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button