समाज

परीक्षामा अन्यौलता शृजना भएको भन्दै रुपन्देहीका विद्यार्थीद्वारा दबाबमूलक कार्यक्रम सम्पन्न

बुटवल : पोखरा विश्वविद्यालयसङ्ग सम्बद्ध रुपन्देही जिल्लामा रहेका कलेजका विद्यार्थीहरुले विभिन्न माग राखी शान्तिपुर्ण ढङ्गले दबाबमूलक कार्यक्रम गरेका छन् । बिगत एघार महिना देखी विश्वविद्यालयका पुर्णकालिन नेतृत्व बिहिन भएको र विगत ३ महिना देखि निमित्त नेतृत्व पनि नभएको हुदा विश्वविद्यालयका महत्त्वपूर्ण पदहरु उपकुलपति, रजिस्टार,परिक्षा नियन्त्रक, डिन, डाइरेक्टर रिक्त रहेको र ठोस निर्णय लिन नसक्दा विद्यार्थीको परीक्षाको अन्यौलता झन बढ्दै गएपछि विद्यार्थीहरु दबाबमूलक कार्यक्रम गरेका हुन । छिटो भन्दा छिटो महत्त्वपूर्ण पदहरुमा सक्षम र योग्य व्यक्तिलाई नियुक्ति गर,परीक्षाको छिटो टुङ्गो लगाउ,हामीलाई अभिभावकत्व देउ, विद्यार्थीको समस्याको सम्बोधन गर आदि विभिन्न माग राखी विद्यार्थीहरु सडकमा उत्रिएका हुन ।

विद्यार्थीहरुलाइ पोखरा विश्वविद्यालयले विभिन्न बहानामा दु:ख दिइरहेको, समयमै परीक्षा गराउन नसकेको, विश्वविद्यालय नै राजनीतिको चपेटामा परि पदाधिकारी समेत नियुक्ति गर्न नसकेको, यस्तो बिषम परिस्थितिमा पनि विश्वविद्यालय एवम् कलेजले विद्यार्थीको समस्याको सुनुवाइ एवम् सम्बोधन गर्ने भन्दा बेवास्ता गरेको र विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप कार्यक्रममा सहभागी विद्यार्थीहरुले लगाएका छन् ।

यस दबाबमूलक कार्यक्रम लगत्तै ज्ञापन पत्र प्रदेश नं ५ का मुख्यमन्त्रीलाई बुझाउने र जिल्ला प्रशासन कार्यालय मार्फत आफ्नो माग माननीय शिक्षामन्त्री र सम्माननीय प्रधानमन्त्री समक्ष पुर्‍याउने कार्यक्रम रहेको कुरा कार्यक्रममा सहभागी विद्यार्थी गौरव बस्नेतले जानकारी दिनुभयो ।

यस्तो बिषम परिस्थितिमा पनि सडकमा उत्रिनुपर्ने अवस्था विश्वविद्यालयले सिर्जना गरेको हुँदा हामी समस्याको समाधान होस भन्ने हेतुले सामाजिक दुरी कायम गरि शान्तिपुर्ण ढङ्गले कार्यक्रममा सहभागी भएका हौं, कार्यक्रममा सहभागी अर्की विद्यार्थी रोशन तिमिल्सिनाले बताउनुभएको छ । यसका साथै यथाशीघ्र समस्याको समाधान नखोजेमा थप दबाबमूलक कार्यक्रम गर्ने चेतावनी समेत विद्यार्थीहरुको रहेको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button